काठमाडौं- नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४६ पुगेको छ।
भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षण अनुसार नयाँ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बिहीबार अराह्न १२:१५ मा जारी सूचनामा भनिएको छ।
संक्रमित नवलपरासी (पूर्व) देवचुली नगरपालिका १२ निवासी ४९ वर्षीय पुरुष हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।