काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि आफूले प्रकाशित गरेको सूचनामा सुधार गरेको छ। यसअघि मन्त्रालयले जारी गरेको सूचना अनुसार संक्रमितको संख्या २५० पुगेको उल्लेख थियो। पछिल्लो सूचना अनुसार संक्रमितको संख्या २४५ मात्रै रहेको उल्लेख छ।
‘अध्यावधिक विवरण अनुसार कोभिड-१९ का पुष्टि भएकाहरुको जम्मा संख्या २४५ नै रहेको छ’, मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीद्वारा जारी सूचनामा भनिएको छ, ‘पछिल्लो अध्यावधिक विवरण अनुसार २५० भएकोमा प्राविधिक कारणले पहिले नै पुष्टि भएका ५ जनाको विवरण पुनः रिपोर्टिङ भएको जानकारी गराउन चाहन्छु।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।