काठमाडौं- नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षण अनुसार काठमाडौं चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलबस्तु निवासी ६ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलय जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीद्वारा जारी पछिल्लो सूचना अनुसार, नयाँ संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ।
यससँगै नेपालमा संक्रमितको संख्या २ सय ४५ पुगेको छ। तीमध्ये ३५ जना संक्रमणमुक्त भइसकेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।