काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। कोभिड-१९ रोग नियन्त्रणका लागि बुधबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल आर्मीका प्रधानसेनापति पुर्णचन्द्र थापालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन्।
ट्वीटमार्फत उनले हस्तान्तरण समारोहमा सहभागी हुन पाउँदा आफूलाई धेरै खुसी लागेको बताइन्।
चिनियाँ सेनाले पिपिई, एन ९५ मास्क, अस्पतालका बेड, कोरोना भाइरसको परीक्षणमा प्रयोग हुने रसायन र गगल्सलगायतका अन्य विभिन्न मेडिकल सामग्री हस्तान्तरण गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।