दोहा- नेपाली र भारतीय कामदारहरुको निकै ठूलो संख्या रहेको कतारमा कोरोना भाइरसबाट संक्रमितको संख्या २६ हजार ५ सय ३९ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयले मंगलबार मात्र १ हजार ५ सय २६ जना नयाँ संक्रमित भेटिएको बताएको छ। कूल संक्रमितमध्ये हाल २२ हजार १ सय १६ जना उपचारका क्रममा रहेका छन्।
कतार समाचार एजेन्सीका अनुसार कतारमा ३ हजार १९ जना निको भएर डिस्चार्ज भएका छन् भने १४ जनाको मृत्यु भएको छ।
नयाँ संक्रमित व्यक्तिमध्ये अधिकांश विदेशी कामदार रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना पुष्टि भएकाहरु सबैलाई क्वारेन्टाइनमा राखिएको छ। कतारमा १ लाख ३९ हजार १ सय २७ जनाको परीक्षण गरिएको पनि मन्त्रालयले स्पष्ट पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।