काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्खाले लडेर बचाएको नेपाललाई अहिले हामीले अडेर बचाउनुपर्ने बताएका छन्। आफैले बोलाएको सर्वदलीय बैठकमा उनले यस्तो बताएका हुन्।
बैठकमा भारतले चालेको पछिल्लो कदमले दुखी बनाएको उनले बताए। 'पुर्खाले लडेर बचाएको नेपाललाई अहिले हामीले अडेर बचाउनुपर्छ,' बैठकपछि बाहिरिने क्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीलाई उद्धृत गर्दै भने।
सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री ज्ञवालीले बैठकमा सरकारले चालेका कदममा सबैको साथ रहेको समेत जानकारी गराएको समेत उल्लेख गरे।
सीमा समस्याका विषयमा सबै राजनीतिक दलको एकतालाई ओलीले धन्यवाद समेत दिएका थिए। बैठकमा सबै राजनीतिक दलका प्रतिनिधि, सरकारका मन्त्रीहरू र पूर्वप्रधानमन्त्रीहरुको उपस्थिति थियो।
बैठकले कालापानीमा भारतले सडक खोलेकोमा भर्त्सना गरेको र सो भूभाग नेपालकै हो भन्ने कुरामा दृढ अभिमत प्रकट गरेको समेत उनले जानकारी दिए।यसका साथै सीमा समस्याका विषयमा सरकारले चालेका कदममा सबै दलको साथ रहेको समेत बताइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।