काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) नेपालगञ्ज र कपिलवस्तु गरी थप २ जनामा कोरोना भाइरस संक्रमण, संक्रमितको संख्या २ सय १९ पुग्यो, ३५ जना उपचारपछि निको । ( कोरोना संक्रमित २१९ पुग्यो)
२) नेपाली भूमिमा भारतले बनाएको सडकबारे दलपिच्छे विज्ञप्ति, नेतापिच्छे बोली, नेपालको ‘पोजिसन’लाई दलैपिच्छेको विज्ञप्तिले बलियो नबनाउने कूटनीतिज्ञको भनाइ, संसदबाट ठोस रुपमा श्वेतपत्र जारी गर्न सुझाव । (दलपिच्छे विज्ञप्ति, नेतापिच्छे बोली)
३) कोरोना प्रभावले बैंकहरूको नाफा वृद्धिदर ०.४८ प्रतिशतमा खुम्चियो, २७ वाणिज्य बैंकको नाफा ४५ अर्ब ६९ करोड रूपैयाँ, नाफामा नबिल, व्यवसायमा राष्ट्रिय वाणिज्य बैंक अगाडि । (खुम्चियो बैंकहरूको नाफा वृद्धिदर)
४) इंग्लिस प्रिमियर लिगका खेलाडीहरुलाई अभ्यासको समय एकअर्कासँग दुरी बनाउन र हात नमिलाउन निर्देशन, आउँदो सोमबारदेखि अभ्यास गर्न सकिने गरी तयारी । ( इंग्लिस प्रिमियर लिगको तयारी)
५) र, अमेरिकामा अगस्टको सुरुसम्म साढे १ लाखले ज्यान गुमाउन सक्ने आइएचएमइको रिपोर्ट सार्वजनिक, संक्रमण रोक्न लगाइएका प्रतिबन्धलगायत उपायहरु खुकुलो गर्नु झन् खतरनाक हुनसक्ने चेतावनी । (अमेरिकालाई आइएचएमइको चेतावनी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।