काठमाडौं- नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ ढुवानीमा संलग्न सबै कामदारको अनिवार्य स्वास्थ्य परीक्षण गरिनुपर्ने निर्णय गरेको छ।
निगममा कार्यरत करार, अस्थायी र ज्यालादारीसहित पेट्रोलियम पदार्थको कार्य गर्ने कामदार कर्मचारीहरु, पेटोलियम पदार्थ बोक्ने ट्यांकर तथा ग्यास बुलेटका चालक, सहचालक, निगमका बिक्रेता, र बोटलिंङ प्लान्टका कर्मचारीहरुको प्राथमितकताको आधारमा कोरोना परीक्षण गरिनुपर्ने निर्णय निगमले गरेको हो।
यस्ता कर्मचारीलाई कोरोना संक्रमणको पुष्टि भएमा १ लाख रुपैयाँ बराबरको बीमा व्यवस्थाका लागि प्रकृया अगाडि बढाउने पनि निगमले निर्णय गरेको छ।
लकडाउन अवधिमा निगमको डिपोहरू संचालन कम्तिमा एक तिहाइ कर्मचारी मार्फत गर्ने र एक तिहाइ कर्मचारीलाई ब्याकअपका रुपमा राख्ने पनि निगमले जनाएको छ।
त्यस्तै, अबदेखि सरकारी तथा सहकारी क्षेत्रबाट संचालन भएका बिक्रेताबाहेक अन्य बिक्रेतालाइ बारअनुसार जिल्ला निर्धारण गरी हप्तामा एक पटक पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था गर्ने निर्णय पनि निगमले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।