काठमाडौं– नवगठित जनता समाजवादी पार्टीको भ्रातृ संस्था समाजवादी विद्यार्थी युनियनले कुटनीतिक माध्यमबाट नेपाली भूमि फिर्ता गर्न दबाब बढाउन आह्वान गरेको छ।
कोरोनाको संक्रमणको जोखिमलाई ध्यान दिँदै सडक प्रर्दशन रोक्न अनुरोध गरिएको छ। युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले लकडाउन अवधिभर सडक प्रदर्शन नगर्न आग्रह गरेका हुन्।
विरोधको विकल्पको माध्यम सामाजिक सञ्जाल हुने उनले जनाएका छन्। भौतिक दूरी कायम गर्नु अहिलेको बाध्यात्मक अवस्था भएकाले वैकल्पिक माध्यमबाट रचनात्मक भूमिका निर्वाह गर्न युनियनले आग्रह गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।