काठमाडौं– जिल्ला प्रशासन कार्यालय गोरखाले जेठ ५ सम्म जिल्ला सिल गरेको छ। कोरोना संक्रमणको संख्या वृद्धि भएसँगै सिल गरिएको प्रशासनले जनाएको छ।
बुधबार राति १२ बजे देखि लागू हुनेगरी सिल गर्न लागिएको हो। खाद्यान्न ढुवानीका गाडी समेत बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हर्क बहादुर रोकाले जानकारी दिए। जिल्ला भित्रिने र बाहिरिने सबैलाई आवतजावतमा पूर्ण रुपमा रोकिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।