काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बेलुका साढे ४ बजे सर्वदलीय बैठक बाेलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएकाे हाे।
नेपालको कालापानी लिपुलेक हुँदै मनसरोवर जाने सडक भारतले उद्घाटन गरेपछि देशैभर विरोध भएकाे बेला प्रधानमन्त्रीले दलहरुसँग छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन्।
उक्त बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखहरु र पूर्वप्रधानमन्त्रीहरुलाई आमन्त्रण गरिएको छ।
सीमा विवादका विषयमा सत्तापक्ष र प्रतिपक्ष सबैको एउटै धारणा बनाउन सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले बताए
यसअघि गत कार्तिकमा भारतले नेपालको कालापानीसमेत समेटिएको नक्सा सार्वजनिक गरेपछि पनि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।