काठमाडाैं- नेपालमा बुधबार थप एक जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ। याेसँगै काेराेना संक्रमितकाे संख्या २१८ पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार बाँकेकाे नेपालगञ्ज ८ निवासी ३६ वर्षका पुरुषमा काेराेनाकाे संक्रमण देखिएकाे हाे।
धुलिखेल अस्पताल, धुलिखेल प्रयाेगशालामा गरिएकाे परीक्षणमा उनकाे रिपाेर्ट पाेजेटिभ आएकाे हाे।
उनकाे स्वास्थ्य अवस्था समान्य रहेकाे र स्वास्थ्यकर्मीकाे सम्पर्कमा रहेकाे अधिकारीले बताए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।