काठमाडाैं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत्त प्राधिकरणका एक कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नक्कली प्रमाणपत्र बनाएर प्राधिकरणमा कार्यरत रहेको भन्दै प्रसारण ग्रिड महाशाखा हेटौंडामा कार्यरत इलेक्ट्रिसियन विश्वनाथ पुडासैनीविरुद्ध मुद्दा दायर गरेको हो।
शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गरी पाउँ भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा कक्षा ५ र ८को प्रमाणपत्र नक्कली पेश गरेको आरोपपत्रमा उल्लेख छ। पुडासैनीकाे उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ विपरीतको कार्य भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।