काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्व गृहमन्त्रीका रुपमा सरकारले उपलब्ध गराएको सुरक्षाकर्मी फिर्ता गर्न अनुरोध गरेका छन्।
सशस्त्र बलको पछुवा गाडी र सुरक्षाकर्मी विगतमा फिर्ता गरे पनि चुनावअघि सरकारले सुरक्षा कारण देखाउँदै उपलब्ध गराएको उनले जनाए। पूर्व गृहमन्त्रीका रुपमा प्राप्त हुने गाडी र तेल सुरुदेखि नै नलिएको उनले दाबी गरेका छन्। ‘म पछुवा नियमित प्रयोग गर्दिनँ।मैले आफूलाई सुरक्षा खतरा महसुस गरेको छैन,’ नेकपा प्रवक्ता श्रेष्ठले टिव्टमा लेखेका छन्,‘राज्य संयन्त्रले त्यस्तो आँकलन गरेको छ भने पनि मेरोभन्दा राष्ट्रको सुरक्षा महत्वपुर्ण हुन्छ।’
सीमा क्षेत्रको सुरक्षाका लागि खटिने सशस्त्र प्रहरी नेताहरुको सुरक्षामा खटिनु परेको समाचार आएपछि श्रेष्ठले सुरक्षाकर्मी फिर्ता गर्ने बताएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।