काठमाडौं– लकडाउनसँगै बन्द भएको सेयर बजार खुलेको दोस्रो दिन एक घन्टामै सर्किट ब्रेक लागेको छ।
लकडाउनको ४९ दिनपछि मंगलबार हिजोबाट मात्रै सेयर बजार खुलेको थियो। तर, आज दोस्रो दिन एक घन्टामै २ प्रतिशतले घटेर बन्द भएको हो।
कारोबारको सुरुदेखि नै आरोलो लागेको सेयर बजार ४१ मिनेटमा २ प्रतिशतले घटेर बन्द भएको हो। उक्त सयममा ७४ कम्पनीको कारोबारमा भएको थियो।
सबैको कारोकार ऋणात्म भएको थियो। बजार बन्द हुनु अगाडि १० हजार ५२६ कित्ता सेयर ३६ लाख १३ हजार ५२३ रुपैयाँको सेयर कारोबार भएको छ। २४ अंकले घटेको बजार १२ सय १ मा रोकिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।