काठमाडाैं-नेकपाकी सांसद कोमल वलीले भारतीय सीमामा रहेका नेपालीहरुलाई स्वदेश आउन दिन माग गरेकी छन्। राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसद वलीले सरकारले छिर्न नदिँदा उनीहरुले चोर बाटोबाट छिरेर नेपालमा जोखिम बढाएको तर्क गरिन्।
‘भारतको सीमामा बसेका नेपालीलाई ल्याउने हो भने व्यवस्थित रुपमा ल्याउन जरुरी भएको छ ’ उनले भनिन्, ‘ उनीहरु आ-आफ्नै हिसाबले छिरिरहेका छन् ।’ वलीले कोरोना भाइरसको संक्रमण देखिएका समुदाय सिल गर्नसमेत माग गरिन्।
यसरी सिल गरिएका समुदायमा के-के आवश्यकता छन् त्यसकाे प्रबन्ध स्थानीय निकायबाट मिलाउन पनि उनले माग गरिन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।