• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेपाली भूमिमा भारतको सडक उद्घाटन, नेपाल सरकारको घोडेटो कागजमै सीमित

64x64
शेरबहादुर ऐर बुधबार, वैशाख ३१, २०७७  ११:३८
1140x725

धनगढी-२०७६ कात्तिक दोस्रो सातातिर नेपाली भूमि लिम्पियाधुरादेखि लिपुलेकसम्मलाई समेटेर भारतले राजनीतिक नक्सा सार्वजनिक गर्‍यो। यसको विभिन्न विद्यार्थी संगठन, राजनीतिक दलहरुले विरा गरे। 

लगत्तै २०७६ कार्तिक २५ गते सुदूरपश्चिम प्रदेश सरकारले आफनो भूमि संरक्षण गर्न दार्चुलाको व्यास क्षेत्रमा घोडेटो बाटो निर्माण गर्ने निर्णय गर्‍यो। सो बाटो संघीय र प्रदेश सरकारको लगानीमा चालू आर्थिक वर्षभित्रै बनाइसक्ने जनाएको थियो।

भारतले नक्सा जारी गरेको छ महिनापछि भारतले नेपाली भूमि मिच्दै कैलाश मानसरोवर जाने सडक बनाएर उद्घाटन गरिसकेको छ भने चालू आर्थिक वर्ष सकिन दुई महिना मात्रै बाँकी रहँदा पनि नेपाल सरकारबाट बाटो बनाउन कुनै प्रक्रिया नै अघि बढेको छैन।

सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले गौरवका साथ घोडेटो बाटो निर्माण गर्ने निर्णय सार्वजनिक गरेका थिए । उनले त्यतिबेला भनेका थिए, ‘दार्चुलाको तुम्लिङदेखि तिंकर हँुदै छाङरुसम्म घोडेटो बाटो निर्माण गर्ने निर्णय भएको छ ।’  

प्रदेश मन्त्रिपरिषद्को सो ६० औं बैठकको निर्णयमा लेखिएको छ, ‘सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित व्यास गाउँपालिका २ को तुम्लिङदेखि तिंकर र छाङरुसम्म नेपाली गाउँबस्ती भएर जाने घोडेटो बाटो नेपाल सरकारसँगको समन्वयमा प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्माण गर्ने र सोका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले आवश्यक बजेटको व्यवस्था गर्ने ।’

कालापानी, लिम्पियाधुरा, लिपुलेक क्षेत्रका नेपाली नागरिकले आवतजावत गर्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको र भारतसंग सीमा विवाद भएपछि प्रदेश सरकारले तत्काल सो क्षेत्रमा घोडेटो निर्माण गर्ने निर्णय गरेको थियो । भारतको बाटो प्रयोग गर्दा नेपाली नागरिक असुरक्षित हुने भएकाले नेपाली नागरिकलाई सुरक्षित बनाउन प्रदेश सरकारले सिमाना क्षेत्रमा घोडेटो बनाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता शाहले बताएका थिए । उनले प्रदेश सरकारले त्यसका लागि एक/दुई दिनभित्रै बजेट छुट्याएर तत्काल प्रक्रिया अगाडि बढाइने पनि बताएका थिए। 

अघिल्लो कात्तिकदेखि लगातार नेपाली सीमा मिच्दै आएको भारतले लकडाउनको मौका छोपेर नेपाली भूमि मिचेर बनाएको सडकको उद्घाटन नै गरिसकेको छ। 

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले सो घोडेटो बाटो निर्माणका लागि बजेट व्यवस्था भएर निकासा भए÷नभएको र घोडेटो बाटो बने÷नबनेकोबारे प्रदेश पूर्वाधार विकास मन्त्रालयमै सोध्नु पर्ने टिप्पणी गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले आफ्नो मन्त्रालयले घोडेटो बाटो निर्माण नगर्ने बताए। उनले सोबारे पर्यटन मन्त्रालयसंग जानकारी लिन आग्रह गरे। मन्त्री बोहराले घोडेटो बाटो निर्माण गर्ने भनेर एक पटक कुरा उठेको भए पनि त्यसपछि सो विषयमा छलफल नभएको बताए। उनले पर्यटन मन्त्रालयले घोडेटो बाटो बनाउने गरेको बताउदै संघीय सरकारबाट आएको बजेटबाट घोडेटो बनाउन पर्यटन मन्त्रालयमा प्राविधिक नभएकाले पूर्वाधार विकास कार्यालयका प्राविधिक खटाइदिनुपर्ने कुरामात्रै भएको बताए।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले सो क्षेत्रमा घोडेटो बाटो निर्माणका लागि ५० लाख रुपैयाँ आएको बताइन्। उनले सो रकमबाट घोडेटो निर्माण गर्न पर्यटन ईकाईबाट अगाडि बढाउने भनिएकोमा सो क्षेत्रमा घोडेटोले नपुग्ने र मोटरबाटो नै बनाउनुपर्ने सो क्षेत्रका सांसद्हरूले कुरा उठाएपछि काम अलमलमा परेको बताइन्। 

मन्त्री भट्टले आफूले पुर्वाधार विकास मन्त्रालयलाई इस्टिमेट बनाउन प्राविधिक खटाइदिन अनुरोध गरेको भए पनि सोही क्षेत्रका प्रदेश सांसद गेल्बुसिंह बोहराले डिपिआर निर्माण गरेर मोटरबाटो नै बनाउनु पर्ने भनेपछि रोकिएको बताइन्। डिपिआर तयार भएपछि संघीय सरकारबाट आएको ५० लाख रुपैयाँ बाटोको कुन भागमा खर्च गर्ने निष्कर्ष नआउँदै लकडाउन भएपछि सो विषय त्यही टुंगिएको मन्त्री भट्टले बताइन्।

दार्चुलाका प्रदेश सांसद् बोहराले सो सडकका लागि आफूहरूले ३२ देखि ३६ करोड रुपैयाँको डिपिआर बनाएर मन्त्रालयमा पेश गरेको भए पनि बजेट विनियोजन नभएको बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेशसिंह ठगुन्नाको आग्रहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घोडेटोका लागि प्रदेशमा ५० लाख रुपैयाँ पठाएकोमा कार्यान्वयनमा जान नसकेको बताए। सो क्षेत्रमा सडक बनाउन खर्चिलो र जोखीम हुनुका साथै सडक काट्न विस्फोटक पदार्थ नै आवश्यक पर्ने भएकाले लकडाउनमा काम अगाडि बढाउन सम्भव नभएको बोहराले बताए।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा खर्च गर्नुपर्ने भएपछि संघीय सरकारले अगाडि बढेका योजनाहरू फिर्ता लिएको छ। पर्यटनमन्त्री भट्टले संघीय सरकारले धेरै शीर्षकको बजेट फिर्ता लिएको बताउँदै घोडेटोका लागि आएको बजेट फिर्ता भए–नभएको यकीन हुन नसकेको बताइन्।

 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  ११:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ... बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्