काठमाडौं- आजका लागि बोलाइएको सत्तारुढ दल नेपाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी बैठक स्थगित भएको छ।
बैठक स्थगित गरिएको नेकपाका नेता झलनाथ खनालले बताए।
पार्टीमा विवाद चुलिँदै जाँदा नेकपामा स्थायी कमिटी बैठकको माग उठेको थियो। २० गते बसेको नेकपा सचिवालय बैठकले २५ गतेका लागि स्थायी कमिटीको मिति तोके पनि अध्यक्षद्वयको तर्फबाट प्रस्तुत गरिने प्रतिवेदन तयार नभएपछि २४ गते स्थगित गरिएको थियो।
पुनः बजेट, नीति तथा कार्यक्रम, नेपाली भूमिमा भारतले सडक बनाएको विषयमाथि छलफल गर्न आजका लागि बैठक बोलाइएको थियो।
बैठक स्थगित भएको जानकारी आए पनि अर्को मितिबारे जानकारी नआएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए।
सबै स्थायी कमिटी सदस्यको कोरोना परीक्षण नभएकाले बैठक स्थगित भएको हुनसक्ने कतिपय नेताको आकलन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।