काठमाडौं- नेपालमा मंगलबार राती थप २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या २ सय १७ पुगेको छ।
मंगलबार दिउँसो ५७ जनामा संक्रमण देखिएको थियो। साँझ थपिएका २६ जनासहित एकैदिन ८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
मंगलबार राती कोरोना संक्रमण पुष्टि हुनेमा काठमाडौं, भक्तपुरसहितको जिल्लाका व्यक्तिहरू छन्। भक्तपुरमा पहिलोपटक कोरोना संक्रमित भेटिएका हुन्। भक्तपुरमा २ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। भक्तपुरमा २५ वर्षीय एक महिला र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार पर्साका २२ देखि ६० वर्षका ६ जना महिला र १६ देखि ६१ वर्षका १२ जना पुरुष, महोत्तरीका १६ र ३५ वर्षका २ पुरुष, धनुषाका २० वर्षकी एक महिला र ४० वर्षका पुरुष, भक्तपुरकी २५ वर्षीय एक महिला र २७ वर्षीय पुरुष, काठमाडौंकी ३३ वर्षीय महिला र सर्लाहीकी ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।