बैंकक- छिमेकी देशहरुबाट फर्केका करीब १० हजार थाई नागरिकलाई तत्काल क्वारेन्टाइनमा राखिएको एक सरकारी अधिकारीले मंगलबार जानकारी दिएका छन्।
थाइल्याण्डका सीमा क्षेत्रहरुमा गत अप्रिल १८ देखि अड्किएका १० हजार २ सय ९८ व्यक्ति फर्किएका सरकारी अधिकारीहरुले मंगलबार जानकारी दिएका हुन्।
कामको शिलशिलामा छिमेकी देश पुगेका र हाल कोभिड-१९ को कारण स्वदेश फर्केका ती थाई नागरिकलाई १४ दिनको लागि क्वारेन्टाइनमा राखिएको हो। स्वदेश फर्किएका ती नागरिकहरुमा मलेसियाबाट ८ हजार ९ सय १२, म्यानमारबाट ६ सय ९१, लाओसबाट ३ सय ९९ क्याम्बोडियाबाट २ सय ९६ जना रहेका छन्।
गत महिनाको सुरुमा थाइल्याण्डको सीमा क्षेत्रमा नरहेका देशहरुबाट पनि ६ हजार ७ सय थाई नागरिक स्वदेश फर्किएका छन्। यी सबैलाई पनि १४ दिनको क्वारेन्टाइनमा राखिएको थियो।
थाइल्याण्डमा कोरोना भाइरसको कारण ३ हजार १७ जनामा संक्रमित रहेका छन्। यस प्रकोपका कारण ५६ मृत्यु भएको छ, भने २ हजार ७ सय ९८ निको भएर फर्किएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।