नयाँदिल्ली-भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा कोभिड–१९ बाट सङ्क्रमित प्रहरीको संख्या एक हजारभन्दा बढी पुगेको महाराष्ट्रको प्रहरीले जनाएकाे छ।
मंगलबार आएको रिपोर्टमा थप २२१ प्रहरी सङ्क्रमित भएका भेटिएको छ। मंगलबारसम्ममा एक हजार सात प्रहरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने सातको मृत्यु भएको छ। सङ्क्रमित प्रहरीमध्ये ११३ जना निको भएर घर फर्किएका छन्।
सङ्क्रमणपछि चिकित्सकको निगरानीमा उपचार सेवा लिइरहेका ८ सय ८७ मध्ये ९१ जना प्रहरी अधिकृत रहेका छन् भने ७ सय ९६ जना प्रहरी जवान रहेका छन्।
मंगलबारसम्ममा भारतभर ७१ हजार ४ सय ४१ व्यक्ति सङ्क्रमित रहेकोमा सबैभन्दा बढी महाराष्ट्रमा २३ हजार ४ सय १ व्यक्ति सङ्क्रमित रहेका छन् भने यीमध्ये दुई हजार ३ सय १० व्यक्तिको सङ्क्रमणपछि मृत्यु भएको छ।
भारतमा कोरोना भाइरस सङ्क्रमणको उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या पनि उल्लेख्य रहेको छ। मंलबारसम्म देशभर २३ हजार ४९ व्यक्ति निको भई घर फर्किएका छन्।
यसैबीच, महाराष्ट्रमा महामारीको स्थितिबारे बुझ्न प्रधानमन्त्री प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्रका मुख्य मन्त्रीसँग भिडियोमार्फत कुराकानी गरेका थिए। मुख्यमन्त्री उद्धव ठाकरेले प्रधानमन्त्री मोदीसँग संघीय (केन्द्र) सरकारबाट थप सहयोगको लागि माग गर्नुभएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।