रियाद- साउदीस्थित नेपाली दूतावासका अनुसार साउदीमा ६ सय ७४ नेपाली कोरोना संक्रमित भएका छन्। कोरोनाका कारण हालसम्म साउदीमा १ जनाको ज्यान गएको छ।
साउदी अरबको पूर्वी क्षेत्रमा ३ सय ३६ नेपालीमा कोरोना भेटिएको र पश्चिम मक्का, मदिना, जेद्धा र जनानलगायत क्षेत्रमा १ सय ४८ जना रियाद क्षेत्रमा १७५ जना कसिम क्षेत्रमा ३, हायल क्षेत्रमा ३ र अन्य स्थानमा ९ नेपालीमा कोरोना संक्रमण भेटिएको दूतावासले जनाएको छ।
कुल संक्रमित मध्ये ११ जना महिला श्रमिक रहेको दूतावासले उल्लेख गरेको छ। संक्रमितमध्ये कयौँ जना निको भई काममा फर्किसकेको जानकारी प्राप्त भएको छ। साउदी सरकारले दिएको जानकारीअनुसार साउदी अरबमा कोरोना संक्रमण सुरु भएदेखि विभिन्न कारणले मृत्यु भएका नेपालीको संख्या ३० रहेको छ।
कोरोनाका कारण मृत्यू भएका १ जना नेपाली गरेर ३१ वटा नेपालीका शव अहिले साउदीमा छन्। ३ जनाको मृत्यूको कारण नखुलेको दूतावासले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।