काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) कपिलवस्तु, रुपन्देही, पर्सा र बारामा गरी एकै दिन ५७ जनामा कोरोना भाइरस संक्रमण, संक्रमितको संख्या १ सय ९१ पुग्यो, ३३ जना उपचारपछि निको । ( एकै दिन ५७ संक्रमित थपिए)
२) संसदको शून्य समयमा मिचिएको जग्गा फिर्ता ल्याउन सांसदहरुको दबाब, भारतको व्यवहार सच्याउन सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा जोड, सभामुखद्वारा सरकारको ध्यानाकर्षण । (मिचिएको भूमि फिर्ता ल्याउन माग)
३) विश्व अर्थतन्त्रको असरलाई बेवास्ता गरेर सरकारले पुरानै शैलीमा बजेट ल्याउने तयारी गरिरहेको कांग्रेको दाबी, अबको बजेट स्वाधीनता बचाउने हुनुपर्ने सत्तापक्षका सांसद भीम रावलको भनाइ । (बजेटबारे सांसद)
४) कोरोना भाइरसका कारण इंग्ल्यान्डमा जुनसम्म सबै खेलकुद गतिविधि बन्द गर्ने सरकारको निर्णय, प्रिमियर लिगमा ३ सय ८० खेलमा अझै ९२ खेल खेल्न बाँकी । ( इंग्ल्यानडमा जुनसम्म सबै खेल बन्द)
५) र, ह्वाइटहाउसमा २ कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि त्यहाँ कार्यरत सबै कर्मचारीलाई मास्क लगाउन निर्देशन, आफू हरेक मानिससँग टाढा रहेकाले निर्देशन पालना नगरेको राष्ट्रपति ट्रम्पको भनाइ । (बिना मास्क ट्रम्प)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।