काबुल- अफगानिस्तानको राजधानी काबुलमा अस्पतालमा भएको आक्रमणमा दुई जना शिशुसहित १४ जनाको मृत्यु भएको छ।उक्त आक्रमणमा थप १५ जना घाइते भएको जनाइएको छ।
अधिकारीहरूले सुरूमा शृङ्खलाबद्ध बम विस्फोटनबाट सुरू भएको हमलामा बन्दुक आक्रमणसमेत गरिएको उल्लेख छन्। हमलाको समयमा अस्पतालबाट भाग्न सफल भएका एक जना चिकित्सकले बताएको बिबिसीले समाचार प्रकाशन गरेको छ। त्यसबेला चिकित्सक र नर्ससहित १ सय ४० जना जति अस्पतालमा रहेको जानकारी उनले दिए।
हमलामा परेको अस्पतालको प्रसूति गृह अन्तर्राष्ट्रिय परोपकारी संस्था मेदसाँ सं फ्रँतिए (एमएसएफ)ले सञ्चालन गर्दै आएको छ। त्यहाँ कतिपय विदेशी पनि कार्यरत रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।