काठमाडौं- काेराेना परीक्षण गरेका सांसदलाई उपत्यका बाहिर जान र संसद बाहेकका अन्य काममा नजान संसद सचिवालयले भनेकाे छ। काेराेनाकाे जाेखिम बढेकाे र अन्य स्थानमा डुली हिँड्दा संक्रमण हुनसक्ने जाेखिमका कारण उनीहरुलाई संघीय संसद सचिवालयले यस्ताे सूचना जारी गरेकाे सह प्रवक्ता दशरथ धमलाले बताए।
त्यस्तै राजनीतिक दलहरुले पनि सांसदलाई अन्य स्थानमा नजान ह्विप जारी गरेकाे छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सचेतकले सबै पार्टिभित्र यस्ताे ह्विप जारी गरेका हुन्।
यसअघि पनि दुवै सदनका कार्य व्यवस्थाले पनि सांसदहरुलाई संसद र समिति बाहेक अन्य स्थानमा जान नपाउने निर्णय गरेकाे थियाे। संघीय संसदकाे बजेट अधिवेशन चलिरहेकाे छ। दुवै सदनमा प्रि-बजेट छलफल चलिरहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।