काठमाडाैं- सरकारले स्थापना गरेकाे काेराेना काेषमा सङ्घीय संसदबाट थप २८ लाख ९७ हजार रुपैयाँ जम्मा भएकाे छ। केही सांसदकाे १५ दिनकाे र केही सांसदकाे १ महिनाकाे पारिश्रमिक काेषमा जम्मा भएकाे हाे।
संसद सचिवालयका अनुसार नेपाली कांग्रेसका ६५ जना सांसद, तत्कालीन राष्ट्रिय जनाता पार्टीका १८ जना सांसदकाे १५ दिनकाे पारिश्रमिक काेराेना काेषमा जम्मा भएकाे छ।
यसअघि अघिल्लो महिना सचिवालयले १ करोड १ लाख रकम जम्मा गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।