• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

शताब्दी कटेका सत्यमोहन : मस्त छन्, स्वस्थ छन्

64x64
प्रजु पन्त मंगलबार, वैशाख ३०, २०७७  १७:३७
1140x725

काठमाडाैं- असम्भव त हैन तर चमत्कारीक आयु हो सय वर्ष। वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले मंगलबारबाट त्यो चमत्कारीक आयुसमेत पार गरेर एक सय एक वर्षका भए। उमेरले सय कटेसँगै उनकाे श्रवण शक्ति केही पालतो भएको छ। दृष्य अली धमिलो देख्न थालेका छन्। तर, उनको स्वास्थ्य, जोश, जाँगर अनि स्मरण शक्ति अझै शक्तिशाली छ।

उनको उमेरले जब सय वर्ष टेकेको थियो। उनलाई उनको स्वस्थ जीवनको रहस्य सोधे धेरैले। जतिले सोधे सबैलाई उनको एकै जवाफ थियो चिन्ता हैन, चिन्तन गर्ने। १०१ औँ जन्मदिनमा शुभकामना दिन आइपुगेकाहरुलाई पनि उनले यही मन्त्र सुनाए।

खानपानले पनि आयुमा धेरै असर पार्ने भएकाले धेरैले उनको चमत्कारीक आयुको कारण नियन्त्रित खानपान अनुमान नगर्ने हैनन्। नेवार परिवारका सदस्य जोशीले भने एक सय वर्षपार गरिसक्दा पनि आफ्नो रैथाने खाना छाडेका छैनन्। चिल्लो पिरो उनको मेनुबाट हराएको छैन। बेलुका दुई पेग एैला उनको नियमित सूचीमै छ अझै।

पाइला सार्न उनलाई अझै लौरो चाहिएको छैन। आफैं ठमठम हिड्छन्। उनलाई सय वर्षको यात्राका तीता-मीठा क्षणहरु सम्झन अरु कसैको सहारा चाहिन्न। उनी अहिले पनि लेखनमा उत्तिकै सक्रिय छन्। अनि प्राय सार्वजनिक कार्यक्रमहरुमा पनि देखिइनै रहन्छन्। साधारण जीवन विताउने उच्च चिन्तन गर्ने शैली उनले छाडेका छैनन्।

उनको अन्तिम इच्छा नेपालीले नोबल पुरस्कार पाएको सुन्ने रहेछ। ‘मैले आफूले पाउने भनेको हैन कसैले राम्रो कृति लेखोस्’ जोशीले मंगलबार शुभकामना दिन आउनेहरुलाई भने, ‘नेपाल साहित्यको अन्तराष्ट्रियकरण होस् नोबल पुरस्कार पाएको हेर्न रहर छ।’

सम्पादकीयले बदलेको बाटो 
त्रि-चन्द्रबाट बिए पास गरेका जोशी जागिरको खोजीकैक्रममा संस्कृतिसँग जोडिए र उनको पहिचानै त्यसैले बनायो। विसं २००१ मा ‘औद्योगिक व्यापारिक समाचार सङ्ग्रह अड्डा’ कार्यालयबाट उनको जागिरे यात्रा सुरु भएको थियो। अड्डाले गाउँघरमा गएर औद्योगिक सर्वेक्षण गर्ने काम गर्थ्यो। गाउँघरमा के कस्तो कोरा सामान पाइन्छन्?  त्यहाँको प्राकृतिक अवस्था कस्तो छ? नदिनाला खोला जगंल, पहाड, हिमाल कस्तो छ? सामाजिक र आर्थिक जनजीवन कस्तो छ?  यस्तै यस्तै थियो उनको जिम्मेवारी।

त्यतिबेला नेपालको पहिलो एमकम भीमबहादुर पाण्डेले तालिम दिएका थिए। काठमाडौंको डाँडो नकटेका जोशी हातमा नक्सा लिएर घरबाट निस्किए। उनको भागमा लमजुङ र तनहुँ जिल्ला परेको थियो। लोक संस्कृतिमा धनी गण्डक क्षेत्रमा कार्यलयले अर्हाएको काम त जोशीले गरे नै सँगै त्यहाँ सुनेका गीतको भाका पनि टिपे। 

Ncell 2
Ncell 2
nimb
nimb

५ महिनापछि काठमाडौं फर्कदा जोशीको झोलामा गाउँको नापनक्सा मात्र थिएन। गीतका टिपोट पनि थिए। जुनपछि शारदा पत्रिकामा प्रकाशित भएको थियो। अहिलेसम्म यस्तो गीत कसैले संकलन नगरेको सत्यमोहनले ल्याए भन्ने फुटनोटसहित।

लोकगीतहरु जहाँ जसले गाए, त्यो ठाउँको वातावरण र परिवेश, पनि थाहा हुने गरी त्यो ठाउँका जाति जनजाति व्यक्ति, मध्ये कसले, किन गाएको, कस्तो अवस्थामा गाएको भनेर चित्रण गरेको भए कस्तो हुन्थ्यो होला भनेर सम्पादकीय टिप्पणी लेखियो।

जोशीले सम्पादकीय टिप्पणी पढेपछि त्यो गीतको महत्त्व थाहा पाए। र गीतको पृष्ठभूमि, परिवेश इतिहास उधिन्न थाले। वनपाखा, चौतारी, मेला, हाटबजारमा गाएका गीत टिप्न थाले। रेडियोले गीत माग्यो। पुस्तक लेखे ‘हाम्रो लोकसंस्कृति’। र यसैले उनलाई पहिलो मदन पुरस्कार दिलायो।

विसं १९७७ बैशाख ३० मा ललितपुरको बखुंबहालमा जन्मिएका उनको यात्रा २०१५ मा पुरातत्व विभागतिर मोडियो। उनी ३८ वर्षका मात्र थिए। पहिलो निर्देशक बने। २०१७ सालमा राजनीतिक परिवर्तनसँगै उनको पद खोसुवामा पर्‍याे र उनको यात्रा चीनतिर मोडियो।

जिम्मेवारी थियो, नेपाली भाषा सिकाउने। चीनमा जे कामका लागि गएको त्यसैमा मात्र अड्किएनन्। उनको ध्यान १३ औ शताब्दीमा नेपालबाट चीन पुगेका नेपाली कलाकार अरनिकोबारे अध्ययन, अनुसन्धानितर तानियो। चीनभरि छरिएका अरनिकोका सामग्री भेला पारे। अनि ‘कलाकार अरनिको’ नामक पुस्तक प्रकाशन गरे। अरनिलाई नेपालको राष्ट्रिय विभूति बनाउन पनि सत्यमोहन जोशीको ठूलो हात रहेको बताइन्छ। उनको चीन बसाइमा गरेको शाेधले अरनिको नेपालमा चिनिए, अरनिको राष्ट्रिय विभूति बने।

कामकै शिलशिलामा पूर्वी जिल्ला धनकुटा, तेह्रथुम आठराइदेखि सिंजासम्म पुगे। जहाँ गए त्यहाँको लोकसंस्कृति र चाडपर्वबारे गहिरोसँग अध्ययन गरे। उनलाई सबैभन्दा सन्तोष लागेको काम कर्णाली लोकसंस्कृतिबारे लेख्दा रहेछ। उनले पत्रकार सूर्य सुबेदीले लिएको अन्तर्वार्तामा भनेका छन् ‘गाउँले समाजसँग मिसिएर मैले एउटा टिम लिएर जसान एनथ्रोपोलोजीष्ट, भाषाविज्ञ, भुगोलविद्, लोकसंगीतकार र म आफैं वैज्ञानिक तरिकाले जुन कर्णाली लोकसंस्कृतिको अध्ययन गर्‍याैं र त्यसको नेतृत्व लिएँ। त्यस्तो बेजोड ग्रन्थ आजसम्म कसैले निकालेको छैन। पछि अरुले निकालान्। कर्णाली लोकसंस्कृति सबैभन्दा सन्तुष्ट दिने कृति हो।’

जोशीका बहुमूल्य कृति
जोशीले संस्कृतिमा आधारित ५०औं पुस्तक लेखे। हाम्रो लोकसंस्कृति, नेपाली राष्ट्रिय मुद्रा, कर्णाली लोकसंस्कृति, नेपाली मूर्तिकलाका विकासक्रम, नेपाली धातुमूर्तिको विकास क्रम, पुरातत्व एक रोचक कथा, नेपाली चाडपर्व, न्युजील्याण्डमा पहिलो नेपाली, कलाकार अरनिको, दैलाको बत्ति, मुत्यु एक प्रश्न, फर्केर हेर्दा, जब घाम लाग्छ र बाग भैरवीलगायतका उनका कृतिले नेपालको भाषा र संस्कृती चिनायो। 

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्वर्द्धन र विकासमा लागि उनले गरेको योगदानका कारण  सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि पाए।

नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्बिर अंकित चाँदीको सिक्का निकालेको छ।

जहाँ जे कामका लागि पुगे पनि खोजी र अनुसन्धानमै उनको ध्यान जान्थ्यो। खोजको प्यासले ‘हाम्रो लोक संस्कृति’सँगै ‘नेपाली राष्ट्रिय  मुद्रा’ अनि कर्णाली लोकसंस्कृति लेखे र तीन पटक मदन पुरस्कार पाए।

एक सय १ वर्षमा प्रवेश गर्दा पनि उनको लेखन र खोजको यात्रा जारी छ। यात्रा जारी रहोस्।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७  १७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्