• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १०, २०८३ Sun, May 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

शताब्दी कटेका सत्यमोहन : मस्त छन्, स्वस्थ छन्

64x64
प्रजु पन्त मंगलबार, वैशाख ३०, २०७७  १७:३७
1140x725

काठमाडाैं- असम्भव त हैन तर चमत्कारीक आयु हो सय वर्ष। वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले मंगलबारबाट त्यो चमत्कारीक आयुसमेत पार गरेर एक सय एक वर्षका भए। उमेरले सय कटेसँगै उनकाे श्रवण शक्ति केही पालतो भएको छ। दृष्य अली धमिलो देख्न थालेका छन्। तर, उनको स्वास्थ्य, जोश, जाँगर अनि स्मरण शक्ति अझै शक्तिशाली छ।

उनको उमेरले जब सय वर्ष टेकेको थियो। उनलाई उनको स्वस्थ जीवनको रहस्य सोधे धेरैले। जतिले सोधे सबैलाई उनको एकै जवाफ थियो चिन्ता हैन, चिन्तन गर्ने। १०१ औँ जन्मदिनमा शुभकामना दिन आइपुगेकाहरुलाई पनि उनले यही मन्त्र सुनाए।

खानपानले पनि आयुमा धेरै असर पार्ने भएकाले धेरैले उनको चमत्कारीक आयुको कारण नियन्त्रित खानपान अनुमान नगर्ने हैनन्। नेवार परिवारका सदस्य जोशीले भने एक सय वर्षपार गरिसक्दा पनि आफ्नो रैथाने खाना छाडेका छैनन्। चिल्लो पिरो उनको मेनुबाट हराएको छैन। बेलुका दुई पेग एैला उनको नियमित सूचीमै छ अझै।

पाइला सार्न उनलाई अझै लौरो चाहिएको छैन। आफैं ठमठम हिड्छन्। उनलाई सय वर्षको यात्राका तीता-मीठा क्षणहरु सम्झन अरु कसैको सहारा चाहिन्न। उनी अहिले पनि लेखनमा उत्तिकै सक्रिय छन्। अनि प्राय सार्वजनिक कार्यक्रमहरुमा पनि देखिइनै रहन्छन्। साधारण जीवन विताउने उच्च चिन्तन गर्ने शैली उनले छाडेका छैनन्।

उनको अन्तिम इच्छा नेपालीले नोबल पुरस्कार पाएको सुन्ने रहेछ। ‘मैले आफूले पाउने भनेको हैन कसैले राम्रो कृति लेखोस्’ जोशीले मंगलबार शुभकामना दिन आउनेहरुलाई भने, ‘नेपाल साहित्यको अन्तराष्ट्रियकरण होस् नोबल पुरस्कार पाएको हेर्न रहर छ।’

सम्पादकीयले बदलेको बाटो 
त्रि-चन्द्रबाट बिए पास गरेका जोशी जागिरको खोजीकैक्रममा संस्कृतिसँग जोडिए र उनको पहिचानै त्यसैले बनायो। विसं २००१ मा ‘औद्योगिक व्यापारिक समाचार सङ्ग्रह अड्डा’ कार्यालयबाट उनको जागिरे यात्रा सुरु भएको थियो। अड्डाले गाउँघरमा गएर औद्योगिक सर्वेक्षण गर्ने काम गर्थ्यो। गाउँघरमा के कस्तो कोरा सामान पाइन्छन्?  त्यहाँको प्राकृतिक अवस्था कस्तो छ? नदिनाला खोला जगंल, पहाड, हिमाल कस्तो छ? सामाजिक र आर्थिक जनजीवन कस्तो छ?  यस्तै यस्तै थियो उनको जिम्मेवारी।

त्यतिबेला नेपालको पहिलो एमकम भीमबहादुर पाण्डेले तालिम दिएका थिए। काठमाडौंको डाँडो नकटेका जोशी हातमा नक्सा लिएर घरबाट निस्किए। उनको भागमा लमजुङ र तनहुँ जिल्ला परेको थियो। लोक संस्कृतिमा धनी गण्डक क्षेत्रमा कार्यलयले अर्हाएको काम त जोशीले गरे नै सँगै त्यहाँ सुनेका गीतको भाका पनि टिपे। 

nimb
nimb
Ncell 2
Ncell 2

५ महिनापछि काठमाडौं फर्कदा जोशीको झोलामा गाउँको नापनक्सा मात्र थिएन। गीतका टिपोट पनि थिए। जुनपछि शारदा पत्रिकामा प्रकाशित भएको थियो। अहिलेसम्म यस्तो गीत कसैले संकलन नगरेको सत्यमोहनले ल्याए भन्ने फुटनोटसहित।

लोकगीतहरु जहाँ जसले गाए, त्यो ठाउँको वातावरण र परिवेश, पनि थाहा हुने गरी त्यो ठाउँका जाति जनजाति व्यक्ति, मध्ये कसले, किन गाएको, कस्तो अवस्थामा गाएको भनेर चित्रण गरेको भए कस्तो हुन्थ्यो होला भनेर सम्पादकीय टिप्पणी लेखियो।

जोशीले सम्पादकीय टिप्पणी पढेपछि त्यो गीतको महत्त्व थाहा पाए। र गीतको पृष्ठभूमि, परिवेश इतिहास उधिन्न थाले। वनपाखा, चौतारी, मेला, हाटबजारमा गाएका गीत टिप्न थाले। रेडियोले गीत माग्यो। पुस्तक लेखे ‘हाम्रो लोकसंस्कृति’। र यसैले उनलाई पहिलो मदन पुरस्कार दिलायो।

विसं १९७७ बैशाख ३० मा ललितपुरको बखुंबहालमा जन्मिएका उनको यात्रा २०१५ मा पुरातत्व विभागतिर मोडियो। उनी ३८ वर्षका मात्र थिए। पहिलो निर्देशक बने। २०१७ सालमा राजनीतिक परिवर्तनसँगै उनको पद खोसुवामा पर्‍याे र उनको यात्रा चीनतिर मोडियो।

जिम्मेवारी थियो, नेपाली भाषा सिकाउने। चीनमा जे कामका लागि गएको त्यसैमा मात्र अड्किएनन्। उनको ध्यान १३ औ शताब्दीमा नेपालबाट चीन पुगेका नेपाली कलाकार अरनिकोबारे अध्ययन, अनुसन्धानितर तानियो। चीनभरि छरिएका अरनिकोका सामग्री भेला पारे। अनि ‘कलाकार अरनिको’ नामक पुस्तक प्रकाशन गरे। अरनिलाई नेपालको राष्ट्रिय विभूति बनाउन पनि सत्यमोहन जोशीको ठूलो हात रहेको बताइन्छ। उनको चीन बसाइमा गरेको शाेधले अरनिको नेपालमा चिनिए, अरनिको राष्ट्रिय विभूति बने।

कामकै शिलशिलामा पूर्वी जिल्ला धनकुटा, तेह्रथुम आठराइदेखि सिंजासम्म पुगे। जहाँ गए त्यहाँको लोकसंस्कृति र चाडपर्वबारे गहिरोसँग अध्ययन गरे। उनलाई सबैभन्दा सन्तोष लागेको काम कर्णाली लोकसंस्कृतिबारे लेख्दा रहेछ। उनले पत्रकार सूर्य सुबेदीले लिएको अन्तर्वार्तामा भनेका छन् ‘गाउँले समाजसँग मिसिएर मैले एउटा टिम लिएर जसान एनथ्रोपोलोजीष्ट, भाषाविज्ञ, भुगोलविद्, लोकसंगीतकार र म आफैं वैज्ञानिक तरिकाले जुन कर्णाली लोकसंस्कृतिको अध्ययन गर्‍याैं र त्यसको नेतृत्व लिएँ। त्यस्तो बेजोड ग्रन्थ आजसम्म कसैले निकालेको छैन। पछि अरुले निकालान्। कर्णाली लोकसंस्कृति सबैभन्दा सन्तुष्ट दिने कृति हो।’

जोशीका बहुमूल्य कृति
जोशीले संस्कृतिमा आधारित ५०औं पुस्तक लेखे। हाम्रो लोकसंस्कृति, नेपाली राष्ट्रिय मुद्रा, कर्णाली लोकसंस्कृति, नेपाली मूर्तिकलाका विकासक्रम, नेपाली धातुमूर्तिको विकास क्रम, पुरातत्व एक रोचक कथा, नेपाली चाडपर्व, न्युजील्याण्डमा पहिलो नेपाली, कलाकार अरनिको, दैलाको बत्ति, मुत्यु एक प्रश्न, फर्केर हेर्दा, जब घाम लाग्छ र बाग भैरवीलगायतका उनका कृतिले नेपालको भाषा र संस्कृती चिनायो। 

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्वर्द्धन र विकासमा लागि उनले गरेको योगदानका कारण  सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि पाए।

नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्बिर अंकित चाँदीको सिक्का निकालेको छ।

जहाँ जे कामका लागि पुगे पनि खोजी र अनुसन्धानमै उनको ध्यान जान्थ्यो। खोजको प्यासले ‘हाम्रो लोक संस्कृति’सँगै ‘नेपाली राष्ट्रिय  मुद्रा’ अनि कर्णाली लोकसंस्कृति लेखे र तीन पटक मदन पुरस्कार पाए।

एक सय १ वर्षमा प्रवेश गर्दा पनि उनको लेखन र खोजको यात्रा जारी छ। यात्रा जारी रहोस्।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७  १७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
मिलोसेभिकको पतनपछि सर्बियामा दोस्रो ठूलो प्रदर्शन आइतबार, जेठ १०, २०८३
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता आइतबार, जेठ १०, २०८३
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण आइतबार, जेठ १०, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा आइतबार, जेठ १०, २०८३
कोशी प्रदेश सभा: नीति तथा कार्यक्रममाथि छलफल सुरु आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्