• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

जलविद्युत आयोजनाका लागि प्रतिमेगावाट ५० लाख बराबर भ्याट छुटको योजना ल्याउँदैछौं : मन्त्री पुन

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ३०, २०७७  १५:४५
1140x725

काठमाडौं- उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले कोभिड-१९ का कारण जलविद्युत आयोजनामा परेको असरलाई कम गर्न राहत स्वरुप सरकारले प्रतिमेगावाट ५० लाख रुपैयाँ बराबर भ्याट छुटको स्किम ल्याउन लागेको बताएका छन्। 

कोरोना महामारीपछि उर्जा क्षेत्रमा परेको प्रभाव र आगामी कदमबारे नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार आयोजना गरेको भिडियो कन्फ्रेन्समा मन्त्री पुनले यस्तो बताएका हुन्। ‘प्रतिमेगावाट ५० लाख रुपैयाँ बराबर कर छुटका विषयमा अर्थमन्त्रालयसँग छलफल भइरहेको छ। बजेट आउनुअगावै हामी यो विषय टुंग्याइसक्छौं।

यसले निजी उत्पादकलाई सहुलियत सँगसँगै उनीहरुको मनोबल पनि बढ्छ,’ उनले भने। आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने विगतका कोशिसलाई जारी राख्ने मन्त्री पुनले बताए। त्यस्तै एक प्रदेश एक ठूला आयोजना निर्माणको कामलाई प्राथमिकता दिने र पोस्टेड दरमा अनुदानलाई निरन्तरता दिने पनि मन्त्री पुनको भनाइ छ।

त्यस्तै ५/५ वर्षका लागि जारी गरिने सर्भे लाइसेन्स र उत्पादन लाइसेन्सको अवधि र वित्तीय व्यवस्थापनको समयलाई हेरफेर गर्न सकिने मन्त्री पुनले बताए। ‘मन्त्रालयले हेर्न सक्नेलाई हेर्छ। ऐन, नियमावलीलाई संशोधन गरेर सहज बनाउनुपर्ने विषयलाई मैले मन्त्रीको हैसियतले गम्भिरतापूर्वक लिएको छु,’ उनले भने। 

मन्त्री पुनले विगतका संकटहरुभन्दा कोरोना ठूलो संकटका रुपमा देखिएको र यसको असर अर्थतन्त्रमा अबका तीन चार वर्षसम्म पनि रहनसक्ने भएका कारण सरकारले विकाससम्बन्धी समस्या, सामाजिक समस्या र स्वास्थ्य समस्यालाई एकसाथ समाधान गर्नुपर्ने चुनौती सरकारका सामु रहेको बताए। 

उनले जलविद्युत आयोजना र त्यस क्षेत्रमा लगानी गरेका निजी क्षेत्रलाई कोरोना संक्रमणपछि जारी गरिएको लकडाउनको सुरुदेखि नै कम क्षति कसरी हुन्छ भनेर आफूले प्रयत्न गरिरहेका बताए। ‘सरकारले विद्युत क्षेत्रलाई अत्यावश्यक सेवामा राखिएको छ। केही सरकारी आयोजना र निजी क्षेत्रका आयोजनाहरु पनि सानो स्केलमा भएपनि संचालनमा रहे,’ उनले भने।

तर जलविद्युत आयोजना निर्माणको कामलाई निरन्तरता दिन गृह प्रशासनले सहयोग गरेको ऊर्जामन्त्री पुन बताउँछन्।

‘मैले आफैंले पनि धेरै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वयका लागि फोन संवाद गरे। तर प्रदेश सरकार र स्थानीय निकायहरुले विकास निर्माणको कामलाई निरन्तरता दिन सकिदैँन भनेर भने,’ मन्त्री पुन भन्छन्। निजी क्षेत्रलाई अप्ठेरो नहोस् भन्ने हेतुले नै विद्युतीय सामग्रीको प्रयोगलाई प्रोत्साहन र विद्युत महशुलमा २५ प्रतिशत छुट दिएर विद्युत उपयोगलाई बढाउन खोजेको उनको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै चालु आर्थिक वर्षको बजेटमा नीतिगत सुधारको विषय बढी समेटिएको र सोहीअनुरुप अहिले विद्युत ऐन मन्त्रिपरिषदबाट पास भएर संसदमा गएको उनले बताए। विद्युत ऐनले पहिला आउनेलाई आयोजना निर्माणका लागि पहिलो प्राथमिकता दिनेभन्दा पनि प्रतिस्पर्धाका आधारमा आयोजनाहरु दिने व्यवस्था राखिएको छ।

संघीयताको मर्मअनुरुप तीनवटै तहका सरकारले विद्युत योजनालाई लाइसेन्स दिने, विद्युत खरिद गर्नेलगायतका अधिकार ऐनमार्फत दिने र उत्पादन, वितरण र व्यापारमा प्रतिस्पर्धा होस् भन्ने दृष्टिकोण सरकारको रहेको उनले बताए। 

अहिले जलविद्युत क्षेत्रमा मात्र नभई अन्य क्षेत्रमा पनि उत्तिकै समस्या रहेका कारण सबै क्षेत्रलाई सरकारले उत्तिकै हेर्नुपर्ने अवस्था रहेको बताए।

‘नेपालभित्रै विभिन्न क्षेत्रका ११ लाख मजदुरले आफ्नो रोजगारी गुमाइसकेको तथ्याङ्क आएको छ। १० लाखको हाराहारीमा मजदुर विदेशबाट आउँदैछन्। त्यस्तै हरेक वर्ष ५ लाख श्रमशक्ति रोजगार बजारमा आउँछ। यसरी कुल २६ लाख जनशक्ति बेरोजगार हुने अवस्था आएको छ,’ मन्त्री पुनले भने। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यस्तै स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाईंले जलविद्युत आयोजनाको निर्माणको कामलाई केन्द्र सरकारले सहजीकरण गर्ने भनेपनि प्रदेश र स्थानीय सरकारबाट त्यसमा समन्वय नभएको बताए। ‘माथिका निर्णय तल लागू भएनन्। हामीले निर्माण सामग्री ओसारपसार गर्न सकेनौं। कामदारलाई व्यस्थापन गर्न सकेनौं। जसको परिणामस्वरुप सवालाखभन्दा बढी कामदारहरु घर फर्किसकेको अवस्था छ। तीनवटै तहका सरकारबीच समन्वय हुनसके वर्षायामअघि अनिवार्य रुपमा सम्पन्न गरिसक्नुपर्ने काम हामी गर्थ्यौं,’ उनले भने। 

अहिले प्रशारणलाइनमा जोडिइसकेका १ हजार ३ सय मेगावाट उत्पादन क्षमताका आयोजना, निर्माणाधीन अवस्थामा रहेका ३ हजार मेगावाट उत्पादन क्षमताका आयोजना र चालु आर्थिक वर्षमा निर्माण सम्पन्न भइसक्ने लक्ष्य राखिएका १ हजार मेगावाट उत्पादन क्षमताका जलविद्युत आयोजनाहरुहरुमा कोरोनाको प्रत्यक्ष असर परेको गुरागाईंको भनाइ छ।

‘अहिलेको भयावह अवस्थालाई पूर्ण रुपमा क्षतिपुर्ति गर्ने सम्भावना त नरहला तर अहिले भइरहको क्षतिलाई कसरी कम गर्न सकिन्छ भनेर हामीहरु लाग्ने बेला हो यो,’ मन्त्री पुनसँग उनले भने।  

आगामी आर्थिक वर्षको बजेटले राहतका रुपमा वित्तीय सहयोगभन्दा पनि नीतिगत रुपमा केही व्यवस्थाहरु गरेर सहयोग गर्नुपर्ने गुरागाईंको भनाइ छ। नर्माणाधीन आयोजनाको लागत मूल्य बढेर गएको, अहिले निर्माणाधीन र संचालनमा रहेका आयोजनाको पे-ब्याक सेड्युल बढाउनुपर्ने, पिपिए दरमा हेरफेर र बैंकको ब्याजदरमा पनि सहुलियत जलविद्युत क्षेत्रका लगानीकर्ताले खोजेको उनको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७  १५:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टर्किस एयरलाइन्सको जहाजमा परेवा ठोक्कियो
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] बुधबार, कात्तिक ४, २०८३
दशैं बिदामा हिमाली क्षेत्रको यात्रा गर्दै हुनुहुन्छ? यी सामग्री बोक्न नछुटाउनुहोस् बुधबार, कात्तिक ४, २०८३
टर्किस एयरलाइन्सको जहाजमा परेवा ठोक्कियो बुधबार, कात्तिक ४, २०८३
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह बुधबार, कात्तिक ४, २०८३
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्