• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

जलविद्युत आयोजनाका लागि प्रतिमेगावाट ५० लाख बराबर भ्याट छुटको योजना ल्याउँदैछौं : मन्त्री पुन

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ३०, २०७७  १५:४५
1140x725

काठमाडौं- उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले कोभिड-१९ का कारण जलविद्युत आयोजनामा परेको असरलाई कम गर्न राहत स्वरुप सरकारले प्रतिमेगावाट ५० लाख रुपैयाँ बराबर भ्याट छुटको स्किम ल्याउन लागेको बताएका छन्। 

कोरोना महामारीपछि उर्जा क्षेत्रमा परेको प्रभाव र आगामी कदमबारे नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार आयोजना गरेको भिडियो कन्फ्रेन्समा मन्त्री पुनले यस्तो बताएका हुन्। ‘प्रतिमेगावाट ५० लाख रुपैयाँ बराबर कर छुटका विषयमा अर्थमन्त्रालयसँग छलफल भइरहेको छ। बजेट आउनुअगावै हामी यो विषय टुंग्याइसक्छौं।

यसले निजी उत्पादकलाई सहुलियत सँगसँगै उनीहरुको मनोबल पनि बढ्छ,’ उनले भने। आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने विगतका कोशिसलाई जारी राख्ने मन्त्री पुनले बताए। त्यस्तै एक प्रदेश एक ठूला आयोजना निर्माणको कामलाई प्राथमिकता दिने र पोस्टेड दरमा अनुदानलाई निरन्तरता दिने पनि मन्त्री पुनको भनाइ छ।

त्यस्तै ५/५ वर्षका लागि जारी गरिने सर्भे लाइसेन्स र उत्पादन लाइसेन्सको अवधि र वित्तीय व्यवस्थापनको समयलाई हेरफेर गर्न सकिने मन्त्री पुनले बताए। ‘मन्त्रालयले हेर्न सक्नेलाई हेर्छ। ऐन, नियमावलीलाई संशोधन गरेर सहज बनाउनुपर्ने विषयलाई मैले मन्त्रीको हैसियतले गम्भिरतापूर्वक लिएको छु,’ उनले भने। 

मन्त्री पुनले विगतका संकटहरुभन्दा कोरोना ठूलो संकटका रुपमा देखिएको र यसको असर अर्थतन्त्रमा अबका तीन चार वर्षसम्म पनि रहनसक्ने भएका कारण सरकारले विकाससम्बन्धी समस्या, सामाजिक समस्या र स्वास्थ्य समस्यालाई एकसाथ समाधान गर्नुपर्ने चुनौती सरकारका सामु रहेको बताए। 

उनले जलविद्युत आयोजना र त्यस क्षेत्रमा लगानी गरेका निजी क्षेत्रलाई कोरोना संक्रमणपछि जारी गरिएको लकडाउनको सुरुदेखि नै कम क्षति कसरी हुन्छ भनेर आफूले प्रयत्न गरिरहेका बताए। ‘सरकारले विद्युत क्षेत्रलाई अत्यावश्यक सेवामा राखिएको छ। केही सरकारी आयोजना र निजी क्षेत्रका आयोजनाहरु पनि सानो स्केलमा भएपनि संचालनमा रहे,’ उनले भने।

तर जलविद्युत आयोजना निर्माणको कामलाई निरन्तरता दिन गृह प्रशासनले सहयोग गरेको ऊर्जामन्त्री पुन बताउँछन्।

‘मैले आफैंले पनि धेरै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वयका लागि फोन संवाद गरे। तर प्रदेश सरकार र स्थानीय निकायहरुले विकास निर्माणको कामलाई निरन्तरता दिन सकिदैँन भनेर भने,’ मन्त्री पुन भन्छन्। निजी क्षेत्रलाई अप्ठेरो नहोस् भन्ने हेतुले नै विद्युतीय सामग्रीको प्रयोगलाई प्रोत्साहन र विद्युत महशुलमा २५ प्रतिशत छुट दिएर विद्युत उपयोगलाई बढाउन खोजेको उनको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै चालु आर्थिक वर्षको बजेटमा नीतिगत सुधारको विषय बढी समेटिएको र सोहीअनुरुप अहिले विद्युत ऐन मन्त्रिपरिषदबाट पास भएर संसदमा गएको उनले बताए। विद्युत ऐनले पहिला आउनेलाई आयोजना निर्माणका लागि पहिलो प्राथमिकता दिनेभन्दा पनि प्रतिस्पर्धाका आधारमा आयोजनाहरु दिने व्यवस्था राखिएको छ।

संघीयताको मर्मअनुरुप तीनवटै तहका सरकारले विद्युत योजनालाई लाइसेन्स दिने, विद्युत खरिद गर्नेलगायतका अधिकार ऐनमार्फत दिने र उत्पादन, वितरण र व्यापारमा प्रतिस्पर्धा होस् भन्ने दृष्टिकोण सरकारको रहेको उनले बताए। 

अहिले जलविद्युत क्षेत्रमा मात्र नभई अन्य क्षेत्रमा पनि उत्तिकै समस्या रहेका कारण सबै क्षेत्रलाई सरकारले उत्तिकै हेर्नुपर्ने अवस्था रहेको बताए।

‘नेपालभित्रै विभिन्न क्षेत्रका ११ लाख मजदुरले आफ्नो रोजगारी गुमाइसकेको तथ्याङ्क आएको छ। १० लाखको हाराहारीमा मजदुर विदेशबाट आउँदैछन्। त्यस्तै हरेक वर्ष ५ लाख श्रमशक्ति रोजगार बजारमा आउँछ। यसरी कुल २६ लाख जनशक्ति बेरोजगार हुने अवस्था आएको छ,’ मन्त्री पुनले भने। 

त्यस्तै स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाईंले जलविद्युत आयोजनाको निर्माणको कामलाई केन्द्र सरकारले सहजीकरण गर्ने भनेपनि प्रदेश र स्थानीय सरकारबाट त्यसमा समन्वय नभएको बताए। ‘माथिका निर्णय तल लागू भएनन्। हामीले निर्माण सामग्री ओसारपसार गर्न सकेनौं। कामदारलाई व्यस्थापन गर्न सकेनौं। जसको परिणामस्वरुप सवालाखभन्दा बढी कामदारहरु घर फर्किसकेको अवस्था छ। तीनवटै तहका सरकारबीच समन्वय हुनसके वर्षायामअघि अनिवार्य रुपमा सम्पन्न गरिसक्नुपर्ने काम हामी गर्थ्यौं,’ उनले भने। 

अहिले प्रशारणलाइनमा जोडिइसकेका १ हजार ३ सय मेगावाट उत्पादन क्षमताका आयोजना, निर्माणाधीन अवस्थामा रहेका ३ हजार मेगावाट उत्पादन क्षमताका आयोजना र चालु आर्थिक वर्षमा निर्माण सम्पन्न भइसक्ने लक्ष्य राखिएका १ हजार मेगावाट उत्पादन क्षमताका जलविद्युत आयोजनाहरुहरुमा कोरोनाको प्रत्यक्ष असर परेको गुरागाईंको भनाइ छ।

‘अहिलेको भयावह अवस्थालाई पूर्ण रुपमा क्षतिपुर्ति गर्ने सम्भावना त नरहला तर अहिले भइरहको क्षतिलाई कसरी कम गर्न सकिन्छ भनेर हामीहरु लाग्ने बेला हो यो,’ मन्त्री पुनसँग उनले भने।  

आगामी आर्थिक वर्षको बजेटले राहतका रुपमा वित्तीय सहयोगभन्दा पनि नीतिगत रुपमा केही व्यवस्थाहरु गरेर सहयोग गर्नुपर्ने गुरागाईंको भनाइ छ। नर्माणाधीन आयोजनाको लागत मूल्य बढेर गएको, अहिले निर्माणाधीन र संचालनमा रहेका आयोजनाको पे-ब्याक सेड्युल बढाउनुपर्ने, पिपिए दरमा हेरफेर र बैंकको ब्याजदरमा पनि सहुलियत जलविद्युत क्षेत्रका लगानीकर्ताले खोजेको उनको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७  १५:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा
तीन वटा संसदीय समितिको बैठक बस्दै
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै सोमबार, असोज ५, २०८३
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा सोमबार, असोज ५, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै सोमबार, असोज ५, २०८३
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्