कैलाली- धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा राहत वितरण कार्य स्थगित गरिएको छ। उपमहानगरपालिकाले विज्ञप्ति निकाल्दै राहत वितरण तत्कालका लागि स्थगित गरिएको जानकारी दिएको हो।
धनगढी उपमहानगरपालिकाले वितरण गरेको राहतको चामल कुहिएको फेला परेपछि स्थानीयले चामल फिर्ता गरेका थिए। वडा नम्बर ४ र वडा नम्बर २ मा उपमहानगरपालिकाले खरिद गरी वितरण गरेको चामल कुहिएको फेला परेको भन्दै स्थानीयले फिर्ता गरेका हुन्।
खरिद प्रक्रियाको विषयमा छानबिन भइरहेको र तत्कालनका लागि वितरणको कार्य स्थगित गरिएको उपमहानगरपालिकाले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।