काठमाडौं- प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ४६ करोड रुपैयाँ नाफा गरेको छ। बैंकले गत वर्षको सोही अवधिमा एक अर्ब ४५ करोड रुपैयाँ नाफा गरेको हो।
निक्षेप तथा कर्जा लगानीमा उल्लेखनीय सुधार गर्दा कोरोनाबाट प्रभावित अवस्थामा पनि बैंकको नाफा बढाउन सफल भएको हो। बैंक लाभांश बाँड्न योग्य नाफा भने ७७ करोड ४९ लाख रुपैयाँ छ।
खुद ब्याज आम्दानी ६.४९ प्रतिशतले बढेको छ। चैत मसान्तसम्ममा यस्तो आम्दानी तीन अर्ब ४९ करोड रुपैयाँ छ। गत वर्षको सोही अवधिमा तीन अर्ब ३७ करोड रुपैयाँ थियो।
असार महिनाको तुलनामा बैंकको निक्षेप संकलन ११.९३ प्रतिशतले सुधार भएको छ भने कर्जा विस्तार १५.८२ प्रतिशतले बढेको छ। चैत मसान्तसम्ममा बैंकले एक खर्ब १८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९९ अर्ब ३९ करोड रुपैयाँ ऋण लगानी गरेको छ।
पुँजीकोष अनुपात ११.५६ प्रतिशत छ। बैंकले गत वर्ष १६ प्रतिशत बोनस शेयर प्रदान गरेर चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ पुर्याउन सफल भएको छ। जगेडा कोषमा चार अर्ब ५३ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ।
खराब कर्जा ०.५३ प्रतिशत बिन्दुले बढेर २.९५ प्रतिशत छ। कस्ट अफ फण्ड ६.१८ प्रतिशत छ। आधार ब्याजदर घटाएर ८.९८ प्रतिशतमा झार्न सफल भएको छ। प्रतिशेयर आम्दानी २९ रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।