काठमाडाैं- नेकपाका सांसद राम कार्कीले अबको बजेट नयाँ खालकाे आउनुपर्ने बताएका छन्। उनले अब कृषि क्रान्ति गर्नुपर्ने भन्दै त्यसका लागि महिला केन्द्रित दस्ता बनाउन माग गरे।
प्रतिनिधिसभामा प्रि बजेटमाथिकाे छलफलमा भाग लिँदै उनले अब समाजवाद उन्मुख मात्र भनेर नपुग्ने भन्दै साच्चै समाजवाद झल्कने बजेट ल्याउन माग गरे।
‘रचानात्मक निर्माणको बजेट ल्याऔं, ५० हजार मानिसलाई भर्ना गरेर एक दस्ता युनिट बनाऔं,’ कार्कीले भने, ‘आर्मीको संख्या घटाऔं। प्रत्येक जिल्लामा कृषिका केन्द्र बनाऔं।’
सीमाको विषयमा भारत अब पछाडि हट्ने उनले बताए। भारत र बङ्गलादेशका बीचमा जसरी सहमति भयो हामी पनि त्यसैगरी निष्कर्षमा पुग्न जरुरी रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।