काठमाडाैं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गर्दै अहिले कविताको सौन्दर्य विचरण गर्ने समय नभएको टिप्पणी गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठककाे शून्य समयमा बोल्दै उनले नेपालको भूभाग मिचिँदा मुटुमा प्रहार भएकाले यो कवितामा सत्तापक्ष र प्रतिपक्ष हुने समय नभएको टिप्पणी गरे।
'नेपाली हामी रहुँला कहाँ नेपालै नरहे' भने झैं अहिलेको अवस्था भएको भन्दै उनले यसमा ध्यान दिन आग्रह गरे। उतले भने ‘सरकारले प्रेस नोट पठाएको जानकारी पाइएको छ। बलभद्र र भिसेन थापाको देश हो। सबैलाई एकताबद्ध गर्दै सरकारले ठोस पहल गरोस्।’
नेपाल-भारत सीमामा आएका नेपालीहरुले कारुणीक चित्कार गरेका छन्, उनीहरुको आवाज सुन्नु पर्छ र छिटोभन्दा छिटो नेपाल ल्याउनुपर्ने उनकाे भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।