काठमाडाैं- नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्री केपी शर्मा ओली बजेट अधिवेशनमा सदनमा उपस्थित नभएकोप्रति प्रश्न उठाएका छन्।
प्रतिनिधिसभाकाे बैठककाे शून्य समयमा बोल्दै बडुले प्रधानमन्त्री अनुपस्थित हुनुको कारण माग गरेका छन्।
‘अधिवेशन सुरु भएदेखि हालसम्म प्रधानमन्त्री संसदमा देखिनु भएको छैन,’ उनले भने, ‘मिडियाहरुमा भावी उत्तराधिकारी तोकेको सुनियो। यो कुन संविधानको व्यवस्था हो। उहाँको व्यवस्ता हो वा अन्य कुराले हो? संसद जान्न चाहान्छ?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।