काठमाडाैं-संघीय संसद सचिवालयले सांसदहरुलाई कोरोना संक्रमणबाट बँच्न पूर्व सर्तकर्ता अपनाउन सुझाएको छ। संक्रमणको जोखिम न्यूनीकरणका लागि सदन तथा समितिका बैठकमा सुरक्षाकर्मीबाहेक अन्य व्यक्तिलाई साथमा नल्याउन सचिवालयलेअनुरोध गरेकाे छ।
बैठक अवधिमा सहयोगी कर्मचारी तथा सुरक्षाकर्मीमार्फत् भीडभाड नगरिदिन सचिवालयले आग्रह गरेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट खटिएका चिकित्सकको सुझावका आधारमा सांसदले पालना गर्ने स्वनियमको जानकारी गराइएको संसद सचिवालयले जनाएको छ।
सभा भवनमा अनिवार्य रुपमा साबुन पानीले हात धोएर भित्र प्रवेश गर्न, प्रवेश गर्दा र बाहिरिँदा छुट्छाछुट्टै प्रवेशद्वार प्रयोग गर्न सुझाइएको छ। सभा हलभित्र बस्न संकेत गरिएको कुर्सीमा मात्रै बस्न, बैठक अवधिभर मेडिकल मास्कको प्रयोग गर्न, हल तथा लबीमा सामाजिक दुरी कायमका साथै कुरा गर्दासमेत दुरी कायम गर्न अनुरोध गरिएको छ।
चमेना गृहमा एक जनाले एक टेबल प्रयोग गर्न सांसदहरुलाई अनुरोध गरिएको छ। घरमा समेत एकान्वासमा बस्न सुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।