काठमाडौं- कृषि विकास बैंकको नाफा गत वर्षको भन्दा ७ प्रतिशतले गिरावट आएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा बैंकले दुई अर्ब चार करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। गत वर्षको सोही अवधिमा दुई अर्ब २१ करोड रुपैयाँ थियो।
वितरण योग्य नाफा भने जम्मा एक अर्ब २५ करोड रुपैयाँ मात्रै छ।
खुद व्याज आम्दानी भने १७ प्रतिशतले गिरावट आएको छ। यस्तो आम्दानी चार अर्ब ३६ करोड रुपैयाँ छ। असार यता बैंकको निक्षेप संकलन ९.७९ प्रतिशतले बढेको छ भने कर्जा विस्तार ११.५७ प्रतिशतले बढेको छ।
चैत मसान्तसम्मा बैंककले एक अर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक अर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ। पुँजीकोष अनुपात भने १९.८२ प्रतिशत छ। खराव कर्जा सुधार गर्न सफल देखिन्छ। गत वर्षको भन्दा ०.५७ प्रतिशत विन्दुले घटेर ३.६५ प्रतिशत छ। प्रतिशेयर आम्दानी तीन रुपैयाँले घटेर २६ रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।