काठमाडौं-सानिमा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ६१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
बैंकको गत वर्षकै यही अवधिमा एक अर्ब ५७ करोड रुपैयाँ नाफा थियो। कोरोना भाइरसका कारण बैंकको वितरणयोग्य नाफा भने ४८ प्रतिशतले गिरावट आएको छ। यस्तो नाफा जम्मा ५७ करोड ६७ लाख रुपैयाँमात्रै छ। खुद ब्याज आम्दानी ११ प्रतिशतले बढेर तीन अर्ब २४ करोड रुपैयाँ आर्जन गरेको हो।
बैंकले असारपछि निक्षेप संकलन १२ प्रतिशतले सुधार गरेको छ भने कर्जा बिस्तार १३ प्रतिशतले बढाएको छ। चैत मसान्तसम्ममा बैंकले एक खर्ब रुपैयाँ निक्षेप संकलन गरि ९२ अर्ब रुपैयाँ कर्जा बिस्तार गरेको छ।
बैंकको सञ्चालन खर्च ११ प्रतिशतले बढेर ९४ करोड ५४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै कमिसन आम्दानी पनि सुधार गरेको छ। पुँजी कोष अनुपात १२.४६ प्रतिशत छ। वाणिज्य बैंकहरु मध्ये सबैभन्दा कम खराब कर्जा रहेको सानिमाको खराब कर्जा यसपटक थोरै बढेको छ। खराब कर्जा ०.१६ प्रतिशत छ। त्यस्तै प्रतिशेयर आम्दानी २४ रुपैयाँ छ।
बैंकको वित्तीय अवस्था
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।