काठमाडौं- विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४१ लाख ७१ हजार ८ सय ५९ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको मंगलबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १३ लाख ४६ हजार ७ सय २३ जना संक्रमित भएका छन्।
त्यस्तै, स्पेनमा २ लाख २७ हजार ४ सय ३६, २ लाख २४ हजार ३ सय ३२, रुसमा २ लाख २१ हजार ३ सय ४४, इटालीमा २ लाख १९ हजार ८ सय १४, फ्रान्समा १ लाख ७७ हजार ५ सय ४७, जर्मनीमा १ लाख ७२ हजार ५ सय ७६ जना संक्रमित भएका छन्।
विश्वभर २ लाख ८५ हजार ६ सय ९० को संक्रमणपछि मृत्यु भइसकेको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ८० हजार ३ सय ५२को मृत्यु भइसकेको छ। त्यस्तै, बेलायतमा ३२ हजार १ सय ४१, इटाली ३० हजार ७ सय ३९, स्पेनमा २६ हजार ७ सय ४४, ब्राजिलमा ११ हजार ५ सय १९, बेल्जियममा ८ हजार ७ सय ७ जनाको मृत्यु भइसकेको छ।
विश्वभर १४ लाख ५५ हजार ५ सय ४८ जना संक्रमित संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ २ लाख ३२ हजार ७ सय ३३, जर्मनीमा १ लाख ४५ हजार ६ सय १५, स्पेनमा १ लाख ३७ हजार १ सय ३९, इटालीमा १ लाख ६ हजार ५ सय ८७ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि १ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ। सोमबार मात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। तीमध्ये ३३ जना संक्रमणमुक्त भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।