एजेन्सी- पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या ३० हजारभन्दा बढी भएको छ।
सरकारी अधिकारीहरुका अनुसार देशभरि कुल संक्रमितको संख्या ३० हजार ९ सय ४१ पुगेको हो।
पछिल्लो २४ घण्टामा एक हजार ४ सय ७६ जना थपिएको पनि अधिकारीहरुले जानकारी दिएका छन्। यो संख्या अत्यन्त धेरै भएको उनीहरुको भनाइ छ।
संक्रमितमध्ये सबैभन्दा धेरै पञ्जाव प्रान्तमा रहेका छन्। त्यहाँ ११ हजार ५ सय ६८ जना संक्रमित भएको जनाइएको छ।
त्यसैगरी ११ हजार ४ सय ८० जना सिन्ध प्रान्तमा, चार हजार ६ सय ६९ जना खैबर पख्तुङ्ख्वामा, दुई हजार १७ जना बालुचिस्तानमा, ६ सय ७९ जना इस्लामावादमा, ४ सय ४२ जना गिल्गित बाल्टीस्तानमा र ८६ जना पाकिस्तान नियन्त्रित काश्मिरमा संक्रमित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।