• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

सरकारको लक्ष्य कृषि क्रान्ति : तर मल आयात ठप्प

डेढ लाख मेट्रिक टन कलकत्ता र ओमानमा रोकियो, ढुवानी विकल्पबारे सरकार मौन
64x64
हेमन्त जोशी सोमबार, वैशाख २९, २०७७  १९:४५
1140x725

काठमाडौं- सरकारले विनियोजन विधेयक २०७७ का सिद्धान्त र प्राथमिकतामार्फत अबको लक्ष्य कृषि क्रान्ति भनिरहँदा आउँदो वर्षे बालीका लागि चाहिने रासायनिक मलकाे भने चरम अभाव हुने देखिएकाे छ।

कोरोना कहरका कारण सुस्ताएको मुलुकको अर्थतन्त्रलाई पुनरुत्थान गर्न कृषि क्षेत्र पहिलो विकल्पका रुपमा देखिएको र यसैलाई प्राथमिकतामा राखेर सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेटको योजना बनाउनुपर्ने अपरिहार्यता छ, अर्थमन्त्री डा युवराज खतिवडाले आइतबार संघीय संसदमा पेश गरेको विनियोजन विधेयक २०७७ का सिद्धान्त र प्राथमिकतामा भनिएकाे छ। तर, कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउनका लागि आवस्यक रासायनिक मल कोरोना संक्रमण रोकथामका लागि विश्वभर अवलम्बन गरिएको लकडाउनका कारण नेपाल भित्रिन नसक्ने विषयमा भने गम्भीर भएकाे पाइएकाे छैन।

अघिल्ला वर्षहरुको तथ्यांक हेर्दा कृषि क्षेत्रको वृद्धिदर वर्षेनी घट्दोक्रममा देखिन्छ। यसले देशको कुल ग्राहस्थ उत्पादन (जिडिपी)मा पुर्‍याउँदै आएको योगदान पनि घट्दो क्रममा छ। आर्थिक वर्ष २०७५/￷७६ मा कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २६ दशमलव ९८ प्रतिशत रहको आर्थिक सर्वेक्षणमा उल्लेख छ। कुल खेतीयोग्य जमिनको ८० प्रतशितभन्दा बढी क्षेत्रफलमा लगाइने धानबालीले नै जिडिपिमा पनि ठूलो योगदान गर्छ। तर, धानबालीका लागि चाहिने युरिया मल अभावका कारण यस वर्ष उत्पादनसँगै जिडिपिमा यसले पुर्‍याउने योगदानसमेत घट्ने चुनौती देखिएको छ।

सरकारले हरेक वर्ष कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत रासायनिक मल खरिद गर्दै आएको छ। चालु आर्थिक वर्ष २०७६/￷७७ का लागि सरकारले साढे ९ अर्ब रुपैयाँ बजेट छुट्याएको थियो। बजेट कम भएर मल अभाव हुन नदिन सरकारले यस वर्ष २ अर्ब रुपैयाँ थपेर रासायनिक मलका लागि बजेट छुट्याएको थियो। तर, समयमा खरिद प्रक्रिया नसकिँदा र चैतको दोस्रो हप्ताबाटै कोरोना भाइरस रोकथामका लागि लकडाउन सुरु भएपछि मल आयात रोकियो।

मौज्दात र आयातको क्रममा कति छ? 
कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई गराएको जानकारीअनुसार अहिले युरिया ३४ हजार मेट्रिक टन, डिएपी ४९ हजार मेट्रिक टन र पोटास ६ हजार मेट्रिक टन बराबर मौज्दात छ।

यो वर्ष आइसक्नुपर्ने डिएपी ५० हजार मेट्रिक टन, युरिया ७१ हजार ५ सय मेट्रिक टन आउन बाँकी छ। ५० हजार मेट्रिक टन युरिया मलको टेण्डर प्रक्रिया सकिएको भएपनि एलसी खोल्न रोकिएको छ।

कृषि सामग्री कम्पनी लिमिटेडसँग अहिले २० हजार मेट्रिक टन युरिया, २२ हजार मेट्रिक टन डिएपी र ४ हजार मेट्रिक टन पोटासियम मल मौज्दात छ। प्रबन्ध निर्देशक नेत्रबहादुर भण्डारीका अनुसार कृषि सामग्री कम्पनीले चालु आर्थिक वर्षको बजेटमार्फत आउँदो वर्षेबालीका लागि खरिद गरेको मल केहि आधा बाटो मै रोकिएकाे छ भने केहि खरिद प्रक्रियामै जान सकेको छैन। 'लकडाउनका कारण ५० हजार मेट्रिक टन युरिया मलको एलसी खोल्न रोकिएको छ भने ३० हजार मेट्रिक टन युरिया, २० हजार मेट्रिक टन डिएपी मल खरिदका लागि टेण्डर सारेका छौं,' भण्डारीले भने।

साल्ट ट्रेडिङ कर्पोरेसनसँग भएको मलको मौज्दात घट्दै गएको छ। अहिलेको मौज्दात रहेको युरिया मलले १० देखि १५ दिन सम्मको मागमात्रै धान्न सक्ने अवस्था रहेको प्रवक्ता कुमार राजभण्डारी बताउँछन्। उनका अनुसार साल्ट ट्रेडिङसँग अहिले १३ हजार मेट्रिक टन युरिया, १९ हजार डिएपी र २ हजार मेट्रिक टन पोटास मल मौज्दात छ।

Ncell 2
Ncell 2
nimb
nimb

साल्ट ट्रेडिङको २५ हजार मेट्रिक टन डिएपी मल गत ३ अप्रिलदेखि कलकत्तामा रोकिएको छ। लकडाउनका कारण लोड अनलोड गर्न सकिएको छैन। डेढ महिनाभन्दा बढी समयदेखि २१ हजार ५ सय मेट्रिक टन युरिया ओमानमा रोकिएको छ। ओमानसँग सम्झौता खरिद सम्झौता टुंगिएर एलसीसमेत खोलिसकेको थियो। लकडाउनका कारण त्यो मल पनि लोड हुन सकेको छैन।

हिउँदे बालीका लागि पनि मल अभाव हुनसक्ने 
आउँदो वर्षेबालीलाई मात्रै होइन हिउँदे बालीलाई पनि मल अभाव हुने देखिएको छ। साल्ट ट्रेडिङले चालु आर्थिक वर्षको बजेटबाट खरिद गर्नुपर्ने मल मात्र नभई आगामि आर्थिक वर्षका लागि खरिद गरिने मलका लागि समेत टेण्डर प्रक्रिया सुरु गरिसकेको थियो।

'आउँदो आर्थिक वर्षका लागि २० हजार टन डिएपी र ३० हजार टन युरियाका लागि टेण्डर प्रक्रियामा सुरु भइसकेको थियो। यो आगामी आर्थिक वर्षका लागि समेत मध्येनजर गरेर टेण्डर मागिएको थियो। तर प्रक्रिया पुरा भइसकेको नै आउन सकेको छैन,' राजभण्डारी भन्छन्।

त्यस्तै कृषि सामग्री कम्पनी लिमिटेडले पनि आगामी असोजसम्म पुग्ने मल खरिदका लागि बोलपत्रको प्रक्रिया सुरु  गरेको थियो। अन्तर्राष्ट्रिय बोलपत्रको माध्यामबाट खरिद भएका कारण बोलपत्र प्रक्रियामै ५￷६ महिनाभन्दा बढी समय लाग्छ। त्यस्तै पर्याप्त भण्डारणको सुविधा पनि छैन।

Xtrem

Xtrem

'हरेक महिना वा दुई महिनामा गरेर टेण्डर गर्नुपर्ने अवस्था छ। वर्षेबाली लगाउने जेठ-असार र हिउँदेबाली लगाउने कात्तिक-मंसिर महिनामा बढी मल चाहिन्छ। तर एकैचोटी गरेर ल्याउनलाई भण्डारणको समस्या छ। बेलैमा ल्याएर थन्काएर राख्नका लागि पनि समस्या छ। केहि अगाडि मल ल्याएर राखिएको थियो र अहिलेसम्म हामीले बाँढी रहेका छौं,' कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक भण्डारी भन्छन्।

भारतले तेस्रो मुलुकबाट आयात भएको सामान १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने व्यवस्था गरेपछि कलकत्तामा बन्दरगाहमा रोकिएको मललाई पनि १४ दिन क्वारेन्टाइनमा राखिएको थियो। तर लोड-अनलोडका लागि कामदार नहुनु र ढुवानीका लागि सवारीसाधन नहुँदा त्यो मल नेपाल भित्रन पाएको छैन। कलकत्ता बन्दरगाहमा कार्यरत केहि कामदारमा पनि कोरोना संक्रमण देखिएपछि अरु कामदारले समेत सामान लोड-अनलोड गर्न मानेका छैनन। त्यहाँ अहिले ३ प्रतिशतभन्दा कम कामदार मात्र छन्।

यसरी ढुवानी र खरिद प्रक्रियामा रहेको मललाई समयमा भित्र्याउन सरकारले पहल गरेको भने देखिँदैन। भारतको बन्दरगाहमा रोकिएको मललाई ढुवानी गर्न सरकार आफैंले केहि पहल गरेर तुरुन्त झिकाउने र अब हुने खरिद प्रक्रिया जिटुजीमार्फत टेण्डर प्रक्रियामार्फत अगाडि बढाउँदा किसानले समयमा मल पाउने सम्भावना रहन्थ्यो। तर सरकारले भने यसतर्फ कुनै चाँसो देखाएको छैन।

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७  १९:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
गगनले मतदातालाई भने– मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौं शुक्रबार, असोज २३, २०८३
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा शुक्रबार, असोज २३, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्