काठमाडौं- नेपाली भूमि हुँदै भारतले बनाएको सडकको विरोधमा प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
विरोध प्रर्दशनमा निस्केका संघका डेढ सय बढी नेता/कार्यकर्तालाई प्रहरीले माइतीघरबाट नियन्त्रणमा लिएको हो। फरक फरक समूह बनाई नाराजुलुस गर्दै माइतीघरमा पुग्ने क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
विरोध प्रदर्शनका क्रममा संघका अध्यक्ष राजीव ढुङ्गाना, महामन्त्रीहरु बलदेव तिमिल्सेना,उर्मिला थपलिया, दिपक, युवराज पाण्डेय, दिपक भट्टराई, प्रभात दाहालसहितका विद्यार्थी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएकाहरुलाई प्रहरीले प्रदर्शनीमार्ग स्थित महेन्द्र पुलिस क्लबमा राखेको संघका महामन्त्री तिमिल्सेनाले जानकारी गराए।
सरकारको उदासिनताकै कारण भारतले हस्तक्षेप बढाएको भन्दै सरकार विरोधी नारा लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।