काठमाडौं- नेपालमा कोरोना संक्रमित भएर उपचार पछि निको हुनेको संख्या ३३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा विकास देवकोटाले कोरोना संक्रमित पुष्टि भएर उपचार पछि निको हुनेको संख्या ३३ पुगेको जनाकारी दिएका हुन्।
नेपालमा हालसम्म १ सय २१ जना कोरोना संक्रमित भएको र यी मध्ये ३३ जना निको भएका हुन्। अब नेपालमा ८८ जना संक्रमित देशका विभिन्न अस्तपालमा उपचार भइरहेको छ। नेपालमा ८९ जना पुरुष कोरोना संक्रमित भएका छन् भने महिला संक्रमितको संख्या ३२ छ।
सोमबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको यसअघि नै मन्त्रालयले जानकारी दिएको थियो। पछिल्लो पटक संक्रमित हुनेमा कपिलवस्तुका १० जना र सप्तरीका एक जना छन्। उनीहरू सबैको उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।