काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चीनले नेपाललाई पिसिआर परीक्षण किटसहितका अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। चीनले ४० हजार थान पीसीआर टेस्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख थान सहयोग गरेको हो।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चिनियाँ राजदुत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकललाई उक्त सामग्रीहरु हस्तान्तरण गरेकी हुन्। शनिबार आएको ६ हजार ८ सय ९२ केजी स्वास्थ्य सामग्री सोमबार नेपाललाई हस्तान्तरण गरिएको हो।

स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले कोरोना भाइरसको रोकथाम र उपचारका लागि चीनले अभाव भएको सामग्री उपलब्ध गराएको र असल छिमेकीको उदहरण बनेको भन्दै चीन सरकारको प्रशंसा गरे।
चीनले सहयोग गरेका स्वास्थ्य सामग्री तोकिएका अस्पतालहरुमा कोरोना भाइरसको संक्रमण भएका बिरामीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।