काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्यबहादुर थापा अस्पताल भर्ना भएका छन्।
थापालाई पित्तथैलीमा पत्थरी भएपछि सोमबार बिहान त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो। उनलाई केही दिन अस्पतालमै राखेर उपचार गर्ने अस्पतालले जनाएको छ।
थापा नेकपा केन्द्रीय सदस्य समेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।