विरोध प्रदर्शनका सहभागीलाई पक्राउ गरिँदै। तस्बिर : वीरेन्द्र ओली
काठमाडौं–भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा सोमबार माईतीघरमा युवा तथा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन्। ‘सीमा बचाउ अभियान नेपाल’ले प्रदर्शन गर्दै लिम्पियाधुरा र लिपुलेक बचाउन माग गरेको हो।
प्रदर्शनका सहभागीले प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतलासमेत जलाएका थिए। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो। उक्त अभियानले केही दिनदेखि भारतीय अतिक्रमणविरुद्ध राजधानीमा प्रदर्शन गर्दै आएको छ।
तस्बिरहरु : वीरेन्द्र ओली







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।