नयाँ दिल्ली- भारतमा पछिल्लो २४ घण्टामा ४,२१३ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ। याेसँगै भारतमा संक्रमितकाे संख्या ६७,१५२ पुगेकाे छ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ४४,०२९ संक्रिय बिरामी छन् भने २०,९१६ बिरामी निकाे भएका छन्। सरकारी तथ्यांकअनुसार २,२०६ जनाकाे काेराेनाका कारण मृत्यु भएकाे छ
काेराेनाका सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा रहेका छन्। त्यहाँ २२,१७१ जना संक्रमित छन्। यसैगरी, गुजरातमा ८,१९४ संक्रमित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।