काठमाडौं-नेपाल बैंकको नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको तुलनामा ११ प्रतिशतले गिरावट आएको छ। गत वर्षको चैत मसान्तसम्ममा दुई अर्ब २४ करोड रुपैयाँ नाफा आर्जन गरेको बैंकले यस वर्ष एक अर्ब ९९ करोड रुपैयाँ नाफा गरेको हो।
नाफा एक अर्ब ९९ करोड रुपैयाँ भए पनि शेयरधनीहरुले पाउने वासलात भने ऋणात्मक देखिएको छ। कोरोना भाइरसले प्रभाविक कर्जालाई प्रोभिजनिङ गर्दा लाभांस बाँड्न योग्य नाफा भने ६ करोड १९ लाख रुपैयाँले ऋणात्मक छ।
खुद व्याज आम्दानी १० प्रतिशतले गिरावट हुँदा नाफामा असर परेको देखिन्छ। यसै अवधिमा खुद व्याज आम्दानी चार अर्ब २१ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा चार अर्ब ७२ करोड रुपैयाँ थियो।
चालु आर्थिक वर्षको असारको तुलनामा निक्षेप संकलन ४.६९ प्रतिशतले बढेको छ भने कर्जा बिस्तार १० प्रतिशतले बढेको छ। यसै अवधिमा एक खर्ब २२ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब एक अर्ब रुपैयाँ कर्जा लगानी गरेको देखिन्छ।
निक्षेप, जगेडा, पुँजी अनुसार कर्जा विस्तार गर्न नसक्दा बैंकको व्याज खर्च अधिक देखिन्छ। पुँजीकोष अनुपात १५.९ प्रतिशत छ। त्यस्तै खराब कर्जा केही सुधारसहित २.६४ प्रतिशत छ। प्रतिशेयर आम्दानी तीन रुपैयाँले घटेर २७ रुपैयाँमा झरेको छ।
बैंकको वित्तीय विवरण
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।