काठमाडौं–नेपालमा थप १० जनामा कोभिड–१९ पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमण पुष्टि भएकाहरुको संख्या १२० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीद्वारा सोमबार जारी सूचना अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षण अनुसार नयाँ संक्रमण पुष्टि भएको हो।
संक्रमितहरु कपिलवस्तु, यशोधरा गाउँपालिका-५ र बुद्धभूमि नगरपालिका-७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुषहरु र एक जना उमेर नखुलेका पुरुष छन्।
संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
नेपालमा संक्रमण पुष्टि भएका १ सय २० मध्ये ३१ जना संक्रमणमुक्त भइसकेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।