• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

कुवेतको सेल्टरबाट स्वदेश फर्कने दिन गन्दै २५ सय नेपाली, सरकार चुपचाप

64x64
निर्मला घिमिरे आइतबार, वैशाख २८, २०७७  २१:५७
1140x725
कुवेतको सेल्टरमा आप्रवासी कामदार। तस्बिर सौजन्यः हरिकृष्ण न्यौपाने, कुवेत

काठमाडौं- कुवेतले अवैध रुपमा रहँदै आएका आप्रवासी श्रमिकलाई स्वदेश फर्किने अवसर (आममाफी) दिएसँगै २ हजार ५ सय नेपाली कुवेतस्थित सेल्टरमा स्वदेश फर्किने दिन गनिरहेका छन्।  उनीहरु १० दिनभन्दा अगाडिदेखि कुवेतको सेल्टरमा रहँदै आएका छन्। 

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि अवैध आप्रवासी श्रमिकलाई स्वदेश फर्काउन कुवेत सरकारले जरिवानासमेत मिनाहा गरी आममाफी दिएपछि उनीहरू सेल्टरमा आइपुगेका हुन्। उनीहरुलाई स्वदेश पुग्ने हवाईभाडासमेत तिरिदिने निर्णय गरेको कुवेत सरकारले सेल्टरमा खानबस्नसमेत निःशुल्क उपलब्ध गराइरहेको छ।

भारत, चीन, म्यानमार, थाइल्यान्ड, बंगलादेशलगायत अन्य मुलुकले आफ्ना नागरिकलाई स्वदेश फर्किन अनुमति दिइसकेको तर नेपाल सरकारले अझै बेवास्ता गरिरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष सुजन केसीले बताए। 

‘श्रमिकलाई स्वदेश फर्काउने खर्च नेपाल सरकारले व्यहोर्नुपर्दैन। कुवेत सरकार आफैँले चार्टर गरेर पठाउने हो। तर पनि नेपाल सरकारले बेवास्ता गरिरहेको छ,’ एनआरएनए कुवेतका अध्यक्ष केसीले भने। 

कुवेतमा ७ हजारभन्दा बढी अवैध नेपाली रहेको अनुमान छ। जसमध्ये ३ हजार ५ सय फर्किने तयारी गरिरहेको र सेल्टरमा अहिले २ हजार ५ सय रहेको एनआरएनए कुवेतले जनाएको छ। 

कुवेत सरकारको तथ्यांकअनुसार त्यहाँ १ लाख ६८ हजार अवैध आप्रवासी कामदार रहँदै आएपनि स्वदेश फर्किनका लागि आममाफी कार्यक्रममा २६ हजार आप्रवासीले मात्रै आवेदन दिएका छन्। 

कतिपय रोजगारी पाइरहेका र सेल्टरको अत्यधिक भिडमा कोरोना सर्ने त्रासले स्वदेश फर्किन नचाहेको हुन सक्ने अनुमान गरिएको छ। ‘सेल्टरमा बस्न पनि त्रास छ। निकै ठूलो संख्यामा आप्रवासीहरु कोचाकोच भएर बस्नुपर्ने अबस्था छ,’ अध्यक्ष केसी भन्छन्, ‘त्यसमाथि पनि भिडभाडमा बस्दा वा हवाई यात्रा गर्दा कोरोना संक्रमणको जोखिम हुने भएकाले पनि ठूलो संख्यामा अवैध आप्रवासीहरु आममाफीमा सहभागी हुन नसकेको पाइएको छ।’

आममाफीमा सहभागी भएर सेल्टरमा रहेका नेपाली श्रमिक पनि जोखिमपूर्ण अवस्थामा रहेको पाइएको छ। सेल्टरमा ठूलो संख्यामा आप्रवासीहरु रहेका कारण कोरोनाको जोखिम रहेको छ। सरकारले यस्ता श्रमिकहरुलाई तत्काल स्वदेश फर्काउन पहल गर्नुपर्ने एनआरएनए कुवेतले जोड दिएको छ। 

Ncell 2
Ncell 2

‘कुवेतले कहिलेसम्म खान दिएर सेल्टरमा बस्न दिने हो। सेल्टरमा बस्न नदिएपछि नेपालीहरु कहाँ जाने? सरकारले यो कुरा खै सोचेको?,’ अध्यक्ष केसीले प्रश्न गरे। 

समस्यामा परेका श्रमिक फर्काउन ज्ञापनपत्र 
श्रमिकहरुका क्षेत्रमा काम गर्दै आएको श्रमिक सञ्जालले समस्यामा परेका श्रमिकलाई तत्काल स्वदेश फिर्ता गर्न माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ। रोजगारी गुमाएका, आवासबाट निकालिएका, खाना खान नपाएका, अत्यधिक भीडभाडयुक्त आवासमा बस्नु परेका कारण कोरोना वा अन्य रोगको संक्रमणको जोखिममा परेका, पैसा सक्किएका, गर्भवती वा काखमा साना बच्चा भएका, र एउटै कोठामा बस्ने साथीहरु संक्रमित भएकाहरुलाई सरकारले उद्धार गर्नुपर्ने सञ्जालले सरकारलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ। 

श्रम आप्रवासन विज्ञ तथा इक्वीडेम रिसर्चका दक्षिण एसिया निर्देशक रामेश्वर नेपाल सरकारले स्वदेश  फर्किन चाहने सबै नागरिकहरुलाई ल्याउन नसके पनि अत्यन्त जटिल अवस्थामा रहेका श्रमिकहरुलाई स्वदेश फर्काउनुपर्ने बताउँछन्। ‘अहिले कतिपय श्रमिकहरु कोरोनाका कारण विदेशमा समस्यामा नभए पनि स्वदेश फर्किन चाहेका छन्। तर कतिपय जटिल अवस्थामा छन्,’ उनी भन्छन्, ‘रोजगारी गुमेका तथा खान बस्नसमेत समस्या परेका श्रमिकहरुलाई सरकारले जसरी पनि उद्धार गर्नुपर्छ।’ 

सरकार चुपचाप 
सरकारले विदेशमा समस्यामा परेका श्रमिकहरुलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरिरहेको उल्लेख गरेको छ। तर के कस्तो तयारी गरिरहेको छ भनेर कुनै जानकारी दिएको छैन। 

विदेशबाट नल्याई नहुने अवस्थाका श्रमिकहरुलाई कहिलेदेखि स्वदेश फर्काउने, उनीहरुलाई स्वदेश फर्काएर कसरी सुरक्षित रुपमा राख्ने भन्ने सम्बन्धमा सरकारले कुनै पनि प्रतिक्रिया दिएको छैन।

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  २१:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
कोरियामा ई–७ भिसामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि कार्यान्वयनमा रोक दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत अदक्ष श्रमिक पठाउँदै आएको छ । त्यसबाहेक म्यानपावर कम्पनीमार्फत ई–७ भिसाअन्तर्गत... मंगलबार, भदौ ३१, २०८२
पछिल्लो एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका ११८० जना बाकसमा फर्किए बिहीबार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् । उनले गत आवमा अघिल्लो वर्षको... बिहीबार, साउन १५, २०८२
श्रमिकको न्यूनतम ज्याला २२५० बढाउनुपर्ने, १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस श्रम ऐन, २०७४ को दफा १०७ अनुसार प्रत्येक दुई वर्षमा श्रमिकको न्युन्तम पारिश्रमिक पुनः निर्धारण गर्नुपर्ने व्यवस्था छ । यसअघि श्रमिकक... बिहीबार, साउन १, २०८२
ताजा समाचारसबै
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई हराउँदै नेदरल्यान्ड्स सुपर सिक्समा बिहीबार, माघ ८, २०८२
मन्त्रिपरिषद् बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
डोजर लाउने मान्छे आए भनेर डराएका छन्- ओली बिहीबार, माघ ८, २०८२
भरपर्दो सुरक्षा योजनाका साथ प्रहरी परिचालन गर्न महानिरीक्षक कार्कीको निर्देशन बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
इलाम पुगेर सुरु गरे बालेनले घरदैलो कार्यक्रम (तस्बिरहरू) बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्