• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

कुवेतको सेल्टरबाट स्वदेश फर्कने दिन गन्दै २५ सय नेपाली, सरकार चुपचाप

64x64
निर्मला घिमिरे आइतबार, वैशाख २८, २०७७  २१:५७
1140x725
कुवेतको सेल्टरमा आप्रवासी कामदार। तस्बिर सौजन्यः हरिकृष्ण न्यौपाने, कुवेत

काठमाडौं- कुवेतले अवैध रुपमा रहँदै आएका आप्रवासी श्रमिकलाई स्वदेश फर्किने अवसर (आममाफी) दिएसँगै २ हजार ५ सय नेपाली कुवेतस्थित सेल्टरमा स्वदेश फर्किने दिन गनिरहेका छन्।  उनीहरु १० दिनभन्दा अगाडिदेखि कुवेतको सेल्टरमा रहँदै आएका छन्। 

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि अवैध आप्रवासी श्रमिकलाई स्वदेश फर्काउन कुवेत सरकारले जरिवानासमेत मिनाहा गरी आममाफी दिएपछि उनीहरू सेल्टरमा आइपुगेका हुन्। उनीहरुलाई स्वदेश पुग्ने हवाईभाडासमेत तिरिदिने निर्णय गरेको कुवेत सरकारले सेल्टरमा खानबस्नसमेत निःशुल्क उपलब्ध गराइरहेको छ।

भारत, चीन, म्यानमार, थाइल्यान्ड, बंगलादेशलगायत अन्य मुलुकले आफ्ना नागरिकलाई स्वदेश फर्किन अनुमति दिइसकेको तर नेपाल सरकारले अझै बेवास्ता गरिरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष सुजन केसीले बताए। 

‘श्रमिकलाई स्वदेश फर्काउने खर्च नेपाल सरकारले व्यहोर्नुपर्दैन। कुवेत सरकार आफैँले चार्टर गरेर पठाउने हो। तर पनि नेपाल सरकारले बेवास्ता गरिरहेको छ,’ एनआरएनए कुवेतका अध्यक्ष केसीले भने। 

कुवेतमा ७ हजारभन्दा बढी अवैध नेपाली रहेको अनुमान छ। जसमध्ये ३ हजार ५ सय फर्किने तयारी गरिरहेको र सेल्टरमा अहिले २ हजार ५ सय रहेको एनआरएनए कुवेतले जनाएको छ। 

कुवेत सरकारको तथ्यांकअनुसार त्यहाँ १ लाख ६८ हजार अवैध आप्रवासी कामदार रहँदै आएपनि स्वदेश फर्किनका लागि आममाफी कार्यक्रममा २६ हजार आप्रवासीले मात्रै आवेदन दिएका छन्। 

कतिपय रोजगारी पाइरहेका र सेल्टरको अत्यधिक भिडमा कोरोना सर्ने त्रासले स्वदेश फर्किन नचाहेको हुन सक्ने अनुमान गरिएको छ। ‘सेल्टरमा बस्न पनि त्रास छ। निकै ठूलो संख्यामा आप्रवासीहरु कोचाकोच भएर बस्नुपर्ने अबस्था छ,’ अध्यक्ष केसी भन्छन्, ‘त्यसमाथि पनि भिडभाडमा बस्दा वा हवाई यात्रा गर्दा कोरोना संक्रमणको जोखिम हुने भएकाले पनि ठूलो संख्यामा अवैध आप्रवासीहरु आममाफीमा सहभागी हुन नसकेको पाइएको छ।’

आममाफीमा सहभागी भएर सेल्टरमा रहेका नेपाली श्रमिक पनि जोखिमपूर्ण अवस्थामा रहेको पाइएको छ। सेल्टरमा ठूलो संख्यामा आप्रवासीहरु रहेका कारण कोरोनाको जोखिम रहेको छ। सरकारले यस्ता श्रमिकहरुलाई तत्काल स्वदेश फर्काउन पहल गर्नुपर्ने एनआरएनए कुवेतले जोड दिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘कुवेतले कहिलेसम्म खान दिएर सेल्टरमा बस्न दिने हो। सेल्टरमा बस्न नदिएपछि नेपालीहरु कहाँ जाने? सरकारले यो कुरा खै सोचेको?,’ अध्यक्ष केसीले प्रश्न गरे। 

समस्यामा परेका श्रमिक फर्काउन ज्ञापनपत्र 
श्रमिकहरुका क्षेत्रमा काम गर्दै आएको श्रमिक सञ्जालले समस्यामा परेका श्रमिकलाई तत्काल स्वदेश फिर्ता गर्न माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ। रोजगारी गुमाएका, आवासबाट निकालिएका, खाना खान नपाएका, अत्यधिक भीडभाडयुक्त आवासमा बस्नु परेका कारण कोरोना वा अन्य रोगको संक्रमणको जोखिममा परेका, पैसा सक्किएका, गर्भवती वा काखमा साना बच्चा भएका, र एउटै कोठामा बस्ने साथीहरु संक्रमित भएकाहरुलाई सरकारले उद्धार गर्नुपर्ने सञ्जालले सरकारलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ। 

श्रम आप्रवासन विज्ञ तथा इक्वीडेम रिसर्चका दक्षिण एसिया निर्देशक रामेश्वर नेपाल सरकारले स्वदेश  फर्किन चाहने सबै नागरिकहरुलाई ल्याउन नसके पनि अत्यन्त जटिल अवस्थामा रहेका श्रमिकहरुलाई स्वदेश फर्काउनुपर्ने बताउँछन्। ‘अहिले कतिपय श्रमिकहरु कोरोनाका कारण विदेशमा समस्यामा नभए पनि स्वदेश फर्किन चाहेका छन्। तर कतिपय जटिल अवस्थामा छन्,’ उनी भन्छन्, ‘रोजगारी गुमेका तथा खान बस्नसमेत समस्या परेका श्रमिकहरुलाई सरकारले जसरी पनि उद्धार गर्नुपर्छ।’ 

सरकार चुपचाप 
सरकारले विदेशमा समस्यामा परेका श्रमिकहरुलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरिरहेको उल्लेख गरेको छ। तर के कस्तो तयारी गरिरहेको छ भनेर कुनै जानकारी दिएको छैन। 

विदेशबाट नल्याई नहुने अवस्थाका श्रमिकहरुलाई कहिलेदेखि स्वदेश फर्काउने, उनीहरुलाई स्वदेश फर्काएर कसरी सुरक्षित रुपमा राख्ने भन्ने सम्बन्धमा सरकारले कुनै पनि प्रतिक्रिया दिएको छैन।

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  २१:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
ताजा समाचारसबै
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
जलवायु परिवर्तनलाई राष्ट्रिय सुरक्षाको केन्द्रमा राख्नुपर्छ : गगन थापा शुक्रबार, असोज २, २०८३
राजदूत सिफारिसबाहेक अरु के–के निर्णय गर्‍यो मन्त्रिपरिषद्ले ? शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा शुक्रबार, असोज २, २०८३
एन्फा मुख्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्