• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

विज्ञप्तिले फर्काउँदैन कालापानी

64x64
नेपाल लाइभ आइतबार, वैशाख २८, २०७७  १९:५४
1140x725

२०७२ को शक्तिशाली भूकम्पले ल्याएको संकटसँग नेपाल जुधिरहेका बेला हितैसी भनिएका दुई छिमेकीहरू भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै सडक खोल्ने सहमति गरे। नेपाली भूमि लिपुलेकमा भारतको अनधिकृत उपस्थितिबारे चीन पनि बेखबर थिएन। तर, भारतसँगको व्यापारिक स्वार्थका अघि नेपालसँगको आत्मीयता बिर्स्यो।

भारत त पाएसम्म नेपालको सीमा अतिक्रमण गरिरहेकै छ। त्यसैमाथि नेपाली भूमिमा आफ्नो उपस्थितिबारे चीनबाट पनि अनुमोदन पाउनु भारतका लागि ठूलै उपलब्धि थियो। व्यापारिक स्वार्थका अगाडि नेपालको सार्वभौम सत्तामाथिको हस्तक्षेपले चीनलाई केही फरक पारेन। चीनियाँ राष्ट्रपतिले हार्दिकताका साथ भारतलाई साथ दिए।

कोरोना कहरको विश्वव्यापी महामारीमा नेपाल लकडाउनमा भएको मौका छोपेर भारतले नेपालको कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडकमार्गको उद्घाटन गरिसकेको छ।

कालापानी नेपाली भू-भाग हो भनेर प्रमाणित गर्न सन् १८१६ मा तत्कालीन इस्ट इन्डिया कम्पनी र नेपालबीच भएको सुगौली सन्धि नै काफी छ। नेपाल-भारतको सीमासम्बन्धी सो सन्धिमा उल्लेख भएका अधिकांश ऐतिहासिक दस्तावेजले हाल भारतले बाटो खोलेको क्षेत्र नेपालको सीमानाभित्र  पर्ने प्रष्ट्याउँछ। 

कालापानी पारिका नाबी, कुती र लिम्पियाधुरासम्मका बस्तीमा पुगेर नेपालको जनगणना गर्नेहरू अझै जीवितै छन्। तर, भारतले यी सबै तथ्यलाई कुल्चदै एकपक्षीय रूपमा नेपाली भूभाग कब्जा गर्ने मात्रै होइन, सुल्झनै नसक्ने मोडमा पुर्‍याउन सक्रिय छ। विवादबारे भारतीय परराष्ट्र मन्त्रालयका अधिकारीको आधिकारिक भनाइले समस्या समाधानको साटो तथ्यहीन दाबी गरेर त्रिदेशीय महत्वपूर्ण बिन्दु रहेको क्षेत्र हडप्ने मनसाय देखाइसकेका छन्।

अकाट्य प्रमाण हुँदाहुँदै आफ्नो भूभागमा भारतले अनाधिकृत कब्जा गरी भौतिक संरचना बनाउँदा नेपाली पक्षले औपचारिक विज्ञप्ति जारी गर्ने बाहेक प्रभावकारी काम गर्न सकेको छैन। आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसद् र संसदीय समितिमा गरेको सम्बोधनबाट नेपाल आफ्नो भूमिको रक्षा गर्न कति निरीह छ भन्ने प्रष्ट पारेको छ। 

नेपाल सरकारको कूटनीतिक पहलले शनिबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फ्रेन्समार्फत् बाटोको उद्घाटन गरेपछि मात्र नेपाली भूभागमा भारतले बाटो बनाइरहेको छनक दिएको थियो। तर, आइतबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उनैले दिएको जानकारीअनुसार १२ वर्षदेखि नै भारतले सो क्षेत्रमा बाटो खनिरहेको बारे सरकार जानकार थियो। आएका सूचनाको सम्प्रेषण, विश्लेषणसमेत भएको स्वीकार्दा बाटो बनाउने काम रोक्न सरकारले के पहल गर्‍यो भन्ने चाहिँ उनले खुलाउन सकेनन्।

नेपालको पहलका बाबजुद पनि अनुरोधहरूलाई भारतीय पक्षले ध्यान नदिएको उनको स्वीकारोक्तिमा लाचारीपन बाहेक अन्य केही थिएन। अन्तर्राष्ट्रिय सीमा विवाद उत्पन्न भए भद्र कूटनीतिक पहल र आवश्यक परे राजनीतिक संवाद नै हो। यसबीचमा नेपालले नेपाली भूमिमा भइरहेको भारतीय अतिक्रमण रोक्न झारा टार्ने शैलीको वक्तव्यबाजी बाहेक दोस्रो प्रभावकारी प्रयास देखिएन।

nimb
nimb
Ncell 2
Ncell 2

परराष्ट्र मन्त्रालयको 'लेटरहेड'मा विज्ञप्ति निकाल्ने र बैठकका लागि अनुरोध गर्नेबाहेक थप प्रभावकारी पहलकदमी हुन सकेको देखिँदैन। भारतीय प्रधानमन्त्रीको पटकपटकको नेपाल भ्रमण र भेट होस् या चीनियाँ राष्ट्रपतिको भ्रमण नै किन नहोस्, नेपालले कालापानी र लिपुलेकको विषयलाई गम्भीरतापूर्वक उठाउन सकेन।

भद्र पहलका आधारमा समस्या समाधान हुन नसकेको अवस्थामा आफ्नो देशको भूमि रक्षाका लागि नेपालले अन्तराष्ट्रिय मञ्चको समेत उपयोग गर्नसक्थ्यो। सार्वभौम मुलुकको राष्ट्रिय अस्मिताको सम्मान र अतिक्रमित क्षेत्र खाली गराउन यसले भारतलाई दबाब बढाउन सक्थ्यो। विवाद चरम बिन्दुमा पुगेको अवस्थामा समेत नेपालले सीमा समस्या समाधानका लागि अन्तराष्ट्रिय मञ्चको उपयोग गर्न चाहेको देखिँदैन। आफ्नो देश भूमि रक्षा गर्नुभन्दा पनि कतै भारत रिसाउला कि भन्नेमा सरकारको बढी ध्यान केन्द्रित भएको देखिएको छ।

नेपाली भूमिमा सडक उद्घाटनपछि भारतीय पक्षले सार्वजनिक गरेको विज्ञप्तिको भाषा हेर्दा ऊ अतिक्रमित नेपाली भूमि छाड्ने पक्षमा नभएको प्रष्ट छ। सबै तथ्य र प्रमाणका आधारमा भारतले बनाएको सडक नेपाली भूमिमा पर्ने भनेर पुष्टि भइसकेको अवस्थामा पनि भारतले भारतीय भूमिमै सडक बनेको दाबी गरेको छ। भारतको यो स्टेटमेन्ट आइसकेपछि नेपालले भारतसँग कूटनीतिक र राजनीतिक पहल प्रभावकारी बनाउन आवश्यक थियो। यसका साथै हालै भारतले उद्धाटन गरेको सडकसँग जोडिएको अर्को पक्ष चीनसँग पनि उतिकै पहल थाल्नु जरुरी थियो। आवश्यक परे अन्तराष्ट्रिय मञ्चसमेत उपयोग गर्नुपर्ने रणनीति अपनाउनु पर्नेमा नेपाल आफ्नै भूभाग रहेको नयाँ नक्सासमेत जारी गर्न नसकेर लाचार छ। 

वर्तमान सरकार देशको भूमिलाई पनि कतै राजनीतिक मोलतोलमै सीमित गर्न त खोजिरहेको छैन भन्ने आशंका बढाएको छ।  भारतको नाकाबन्दीको समयमा उजागर भएको राष्ट्रवादका आधारमा सत्तामा पुगेको वर्तमान सरकारले  नेपाली भूमि मिच्न नदिन प्रभावकारी पहल गरेको देखिदैन।

अतिक्रमित नेपाली भूभाग फिर्ता बाहेक अर्को विकल्प नरहेको महशुस नगराएसम्म नेपाली भूभाग छाड्ने पक्षमा भारत  छैन। मौसमी विज्ञप्ति या विरोधपत्रले मात्र भारतलाई सो बिन्दुमा पुर्‍याउन नसिकिने वास्तविकता प्रष्ट भइसकेको छ। नेपालले यसलाई विश्वसनीय कूटनीतिक पहल सँगसँगै उच्चस्तरीय राजनीतिक संवाद र परिआएको खण्डमा यो प्रकरणमा जोडिएको चीनसँग समेत संवाद अगाडि बढाउन आवश्यक देखिन्छ। 

ठोस निष्कर्ष आउने गरी तत्काल यी पहल नगर्ने हो भने भारतले अतिक्रमण गरेको लिम्पियाधुरा र कालापानी समेटिएको नयाँ नेपाली नक्सा त सार्वजनिक होला तर अतिक्रमित जमिन फर्कने सम्भावना न्युन देखिन्छ।

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  १९:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ललितपुर अदालतले दिएन श्रेष्ठलाई पक्राउ अनुमति
सदनमा झोक्किइन ज्वाला–‘प्रश्न कालो चस्मामाथि होइन, प्रतिपक्षीको कालो नियतमाथि हो’
बागमती एमालेमा सहमति, मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने निर्णय
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
ललितपुर अदालतले दिएन श्रेष्ठलाई पक्राउ अनुमति मंगलबार, भदौ २, २०८३
सदनमा झोक्किइन ज्वाला–‘प्रश्न कालो चस्मामाथि होइन, प्रतिपक्षीको कालो नियतमाथि हो’ मंगलबार, भदौ २, २०८३
बागमती एमालेमा सहमति, मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने निर्णय मंगलबार, भदौ २, २०८३
भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा कमाण्ड तथा स्टाफ कलेजको भ्रमण मंगलबार, भदौ २, २०८३
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्