काठमाडौं– र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी)मार्फत भइरहेको कोरोना भाइरस (कोभिड- १९)परीक्षण रोक्न सर्वोच्चमा दायर भएकाे रिटमा सुनुवाई सुरु भएको छ। न्यायाधीश मनोजकुमार शर्माको इजलाशमा उक्त रिटकाे पेशी रहेको छ।
अधिवक्ता ज्ञानेन्द्रराज आरण, सन्तोष भण्डारी, शंकर पौडेल र शुक्रराज आरणले बैशाख २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई विपक्षी बनाएर रिट दायर गरेका थिए। उनीहरुले कोभिड- १९ काे आरडिटी परीक्षण गर्ने गत चैत २२ गते बसेको मन्त्रिपरिषद्को निर्णयलगायतका यस सम्बन्धी निर्णयहरु बदर हुनुपर्ने जिकीर गरेका थिए।
सरकारले विश्व स्वास्थ्य संगठनले आरडिटी परीक्षण नगर्न दिएको निर्देशन लागू नगरेको दायर रिटमा उल्लेख छ। सरकारको लापर्वाहीले रोग लुकाउने प्रवृत्ति देखा पर्न थालेको रिटमा जिकिर गरिएको छ।
उक्त परीक्षणलाई कानुन विपरित भएकोले नेपाल अधिराज्यभरि नै डब्लुएचओले मान्यता दिएको पिसिआर विधिबाट मात्र संक्रमितको परीक्षण गर्ने गराउने व्यवस्था मिलाउन परमादेशको आदेश निवेदनमा माग गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।